२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

लैंगिक हिंसा विरुद्धको अभियान चलिरहंदा झन् पो बढेछन् हिंसाका घटना

Author Uttari Morang
बुधबार, मंसिर २६, २०७५
लैंगिक हिंसा विरुद्धको अभियान चलिरहंदा झन् पो बढेछन् हिंसाका घटना

दिपेन्द्र यादव, इनरुवा ।  लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सुनसरीमा दुई दर्जनभन्दा बढी हिंसाका घटना भएका छन् ।

यो अवधिमा दुई वटा बलात्कार, एउटा बहुविवाह, १२ वटा घरेलु हिंसा र ७ वटा कुटपिट सहित दुई दर्जन हिंसाका घटना भएको प्रहरीले जनाएको छ ।

नोभेम्बर २५ देखि सुरु भएको र १० डिसेम्बरमा सम्पन्न भएको लैगिंक हिंसा विरुद्धको अभियानको अबधिमा ठाडो उजुरीको आधारमा दुई दर्जन हिंसाका घटना भएको देखाएको सुनसरी प्रहरीले जनाएको छ ।