२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

विजय अधिकारीले जिते ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करण (भिडियो सहित)

Author Uttari Morang
शनिबार, मंसिर २९, २०७५
विजय अधिकारीले जिते ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करण (भिडियो सहित)

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणको उपाधि सिडि विजय अधिकारीले जितेका छन् ।

प्रतियोगितामा चारजना फाइनलमा पुगेकोमा भोटिङका आधारमा अधिकारीले ‘भ्वाइस अफ नेपाल’ को उपाधी जितेका हुन् ।

गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को कतारमा शुक्रबार सम्पन्न ग्राण्ड फिानालेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रीजय थपलियाले प्रतिस्पर्धा गरेका  थिए ।

नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथै रेनोको एउटा कार प्राप्त गरेका छन् । उनी टिम दिपबाट टप ४ मा परेका थिए ।