गाउँ/समाज
दुई दुई रुपैयाँ घट्यो पेट्रोल र डिजल तर घटेन ग्यासको भाउ
Uttari Morang
बुधबार, पुष ०४, २०७५
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थोरै घटाएको छ।
नेपाल आयल निगमको मंगलबार साँझ बसेको संचालक समििति बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो।
नयाँ मूल्य अनुसार अब पेट्रोल ११० र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ भएको छ । निगमले पेट्रोलयम पदार्थको मूल्य घटाए पनि हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखेको छ।
नयाँ मूल्य मंगलबार मध्यरातबाट लागू भएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारण पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको बताइएको छ ।




