मोरङमा पनि स्वास्थ्य बिमा कार्यक्रम लागू हुँदै, २५ सय तिर्दा परिवारकै बिमा हुने
Uttari Morang
सुखी नेपाल, समृद्र नेपाल अभियान अन्तरगत नेपालका ४६ जिल्लामा लागू भइसकेको स्वास्थ बिमा कार्यक्रम मोरङमा पनि लागू हुने भएको छ ।
बिमा कार्यक्रम अन्तरगत स्वास्थ बिमा बोर्डले मोरङमा पनि यो कार्यक्रम लागू गर्न लागेको हो । बोर्डले हाल मोरङका स्थानीय तहहरुमा अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेको छ ।
‘तपाईको स्वास्थ हाम्रो अठोट’ भन्ने मूल नाराका साथ सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम यहि आर्थिक बर्षमा नेपाल भरि पु¥याउने लक्ष्य भएपनि ४७ औं जिल्लाको रूपमा मोरङमा कार्यक्रम लागू हुन लागेको छ । बिमामा अति बिपन्न परिवारको बिमा भने सरकारले गर्ने सहजकर्ता खगराज पोख्रेलले बताए ।
सरकारले जनताको हितमा अघि सारेको बिमा अन्तरगत २५ सय जम्मा गर्दा ५ जनाको एक परिवारले ५० हजार बराबरको स्वास्थ बिमा पाउने छन् । सबै जनतालाई स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन सरकारले आग्रह गरेको छ ।




