२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

केराबारीबाट दुइवटा बन्दुक बरामद, बन्दुकवाला चाहिँ फरार

Author Uttari Morang
बुधबार, पुष ०४, २०७५
केराबारीबाट दुइवटा बन्दुक बरामद, बन्दुकवाला चाहिँ  फरार

मोरङको केरावारी गाउँपालिका ८ स्थित आमजुङी जंगलबाट प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको नेत्रृत्वमा मोटरसाइकलमा रहेकोे गस्ती  टोलीले लोड गरिएका दुई बन्दुक फेला पारेको हो ।
गस्ती गर्दै प्रहरी टोली पुगेको देखेपछि मंंगलबार सांंझ दुई शंकास्पद व्यक्ति जंगलतिर भागेका थिए । प्रहरीका अनुसार भागेका व्यक्तिलाई पिछा गर्दै जंगल सर्च गर्ने क्रममा प्रहरीले लोड भएका दुईवटा भरुवा बन्दुक फेला पारेको थियाेे ।
बन्दुक छाडेर भागेकाहरुको भने पहिचान हुन नसकेको तर  उनीहरु जंगलमा अवैध रुपमा बन्यजन्तुको चोरी सिकारी गर्ने समूह भएको हुन सक्ने प्रहरीको आशंंका छ ।