२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

विराटनगरमा अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स हुँदै, चार सयभन्दा बढी सहभागी हुने

Author Uttari Morang
शुक्रबार, पुष ०६, २०७५
विराटनगरमा अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स हुँदै, चार सयभन्दा बढी सहभागी हुने

विराटनगरमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स आयोजना हुनेे भएको छ ।
संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने ओपेन सोर्स सफ्टवेयर वर्डप्रेस सम्बन्धि एक दिने सम्मेलन हुुुन लागेेको हो   । ’वर्डक्याम्प २०१८’ नाम दिइएको उक्त सम्मेलन पुस ७ गते विराटनगर स्थित होटल एसियान्टिकमा आयोजना हुने छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो ।
विराटनगरमा पहिलो पटक हुने यस कार्यक्रममा राष्ट्रिय तथा अन्तर्रािष्ट्रय विज्ञहरुको सहभागिता हुनेछ । एक दर्जन देशहरुबाट आउने विज्ञहरुले वर्डप्रेस सम्वन्धि कार्यपत्र प्रस्तुत गर्ने, यसमा अन्तकृया गर्दै यसको सहि प्रयोग तर्फ सहभागिलाइ सचेत गराउनेछन । यस कार्यक्रममा ४ सयभन्दा बढीले सहभागिता जनाउनेछन् ।

प्रविधिसम्बन्धी काम गर्ने विश्वव्यापी कम्पनी जेटप्याक, वुकमर्स, ब्लुहोस्ट, गोडेडिसहित सफ्टवेरिका कलेज, रारा थिम लगायतको सहयोगमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा वर्डप्रेस सहित प्रविधिका विषयमा जानकारीहरु आदानप्रदान हुनेछ । यसैगरी वर्डक्याम्पकै अवसर पारेर सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेबसाइट निशुल्क रुपमा बनाएर हस्तान्तरण गरिने छ । वर्डप्रेसको म्युजियम र जब फेयर समेत कार्यक्रममा सञ्चालन हुनेछ । प्रदेश १ मा संचालन भइरहेका विभिन्न स्टार्टअप कम्पनीहरुको सामुहिक उद्घाटन कार्यक्रम समेत रहेको छ । आइटी क्विज, अनलाइन गेमहरु समेत सम्मेलनको आकर्षणको रुपमा रहेको छ ।
वर्डक्यामको अघिल्लो दिन संचालन हुने प्रिपार्टी र क्याम्प सकिए पश्चात हुने आफ्टर पार्टी विराटनगरको पर्पल हेड्जमा हुनेछ । कार्यक्रममा प्लाटिनम स्पन्सरमा वुकमर्स, जेटप्याक, ओसन डब्लु पि, डब्लु पि इभेन्ट म्यानेजर, सफ्टवेयरिका कलेज रहेका छन ।

कार्यक्रमको गोल्ड स्पन्सरमा गोड्याडि, सिल्भर स्पन्सरमा ब्लुहोस्ट, एफ थिम, रारा थिम, विडेभ्स, ब्रोन्ज स्पन्सरमा योस्ट एकाडेमी, सुपर्ब थिम्स, डब्लुपि ड्रिजल, पाइला टेक्नोलोजी रहेका छन् ।

यसैगरी पेमेन्ट पार्टनर इसेवा र मिडिया पार्टनरमा रुपमा मकालु टेलिभिजन, आवर विराटनगर डट नेट, कोशी एफएम, टेकपात्रो डटकम र डिभोटप्रेस डटकम रहेका छन् ।