२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

युवा सशक्तीकरणका लागि निकै प्रभावकारी बन्यो बुढीगंगामा भएको बृहत युवा सम्मेलन

Author Uttari Morang
शनिबार, पुष ०७, २०७५
युवा सशक्तीकरणका लागि निकै प्रभावकारी बन्यो बुढीगंगामा भएको बृहत युवा सम्मेलन

इश्वरी घिमिरे बुढीगंगा,मोरङ/ “समृद्द राष्ट्र निर्माणका लागि युवा अभियान” भन्ने मुलनारासहित मोरङको बुढीगंगामा संचालित बृहत् युवा सम्मेलनमा गरिएको प्रशिक्षण प्रभाबकारी देेेखिएको छ ।

युवापुस्ताहरुलाई सशक्त बनाई उनीहरुको क्षमताविकास र राष्ट्रनिर्माणमा सक्रिय गराउने उद्देश्यले संचालित यस प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी देखिएको हो । प्रशिक्षणमा  विभिन्न क्षेत्रका महिला तथा पुरुष गरी ५ सयभन्दा बढी युवाहरुको सक्रिय सहभागिता रहेको छ।

जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी सम्पुर्ण सहभागीहरूलाई धारणा र व्यवहार, उत्प्रेरणा र विकास , उद्यमशीलता, यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिक विभेद र युवा नीति, उदघोषण कला, कानुन र सामाजिक मेलमिलापमा युवाहरुको भुमिका, सकारात्मक सोच र क्षमता विकास, साइबर अपराध र लागुऔषध दुर्व्यसन लगायतका विषयहरुमा प्रशिक्षण दिइएको  छ ।

प्रशिक्षणबाट आफूले नजानेका धेरै कुराहरु सिक्ने अवसर पाएकोले ज्यादै हर्षित भएको बुढीगंगा ३ बाट सहभागी हुन आएका सबनम थान्दारले बताए । प्रशिक्षणमा सहभागी ममता के. सी. ले पनि प्रशिक्षण धेरै उपयोगी भएको बताइन् ।

सम्मेलनमा भागिरथ पोखरेल, गणेश लुइँटेल,वसन्त अधिकारी,सागर भट्ट, सीता पोख्रेल, लक्ष्मी गिरी, अशोक चौधरी र मनोज के. सी.ले प्रशिक्षण प्रदान गरिरहेका छन् । युवाहरुमा सकारात्मक सोचको विकास गरी समृद्ध समाज र राष्ट्रनिर्माण गर्ने उद्देश्यले आफुहरुले यस्तो प्रशिक्षण संचालन गरेको आयोजक समितिका अध्यक्ष मकरबहादुर बुढाथोकीले बताए ।

हालसम्मका सरकारी नीति तथा कार्यक्रममा युवाहरुलाई कुनैपनी सरकारले वास्ता नगरेकोले अब स्थानीय स्तरबाटै आफूहरुले यस्तो सकारात्मक कार्यक्रमको शुरुवात गरेको समितिकी सचिव रीता न्यौपानेले बताइन् । पौष ६ गतेदेखि सुरु २ दिने उक्त कार्यक्रम शनिबार समापन हुने आयोजकले जनाएको छ।