२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

कन्ट्रक्सन कम्पनीको उद्घाटन गर्दै हिड्न थाले पुर्व प्रधानमन्त्री !

Author Uttari Morang
आइतबार, पुष ०८, २०७५
कन्ट्रक्सन कम्पनीको उद्घाटन गर्दै हिड्न थाले पुर्व प्रधानमन्त्री !

निर्माण सम्बन्धी सम्पुर्ण काम एकै ठाउँबाट गर्ने गरी स्थापना भएको राईजिङ कन्ट्रक्सन एण्ड कन्सल्टेन्सीको पुर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक भब्य समारोहका बिच उद्घाटन गरेका छन् ।
सो अवसरमा पुर्बप्रधानमन्त्री डां. भट्टराईले देशका दक्ष युवाहरुले आफ्नै देशमा लगानी गरेर केही गर्ने योजना गर्नु र यसको थालनी भएकोमा खुशी ब्यक्त गरे।

बहुआयामिक ढंगले सम्पुर्ण काम एकै ठांउबाट संचालन हुने गरी स्थापना भएको उक्त कम्पनीका बारेमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अमर रायले कम्पनीको उद्देश्य तथा यस्ले गर्ने काम बारे प्रस्ट पारेका थिए।
ईन्जिनिएर औरेन्द्र यादबले उपस्थीत सबैलाई स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रममा बिभिन्न क्षेत्रका उच्च पदस्थ ब्याक्तित्व तथा ईन्जिनियरहरुको उल्लेख्य उपस्थीती रहेको थियो।
पुर्बप्रधानमन्त्री तथा नयांशक्ति पार्टी नेपालका संयोजक  भट्टराईले रिबन काटेर औपचारिक रुपमा कम्पनीका शुभारम्भ गरेका थिए । यसैक्रममा पानसमा बत्ति बाल्दै उद्घाटन समारोहको सुरुवात भएको थियो।
शनिबारबाट औपचारिक रुपमा सुरु भएको राईजिङ कन्ट्रक्सन एण्ड कन्सल्टेन्सीले डिजाईनिङग, ड्रअईङग, ईन्टेरियर, निमार्णस्थलको भ्रमण उचित परामर्श तथा निशुल्क सल्लाह, आर्थिक सल्लाह तथा कन्सल्टेण्ट, सर्भे तथा डिजाईन, सम्पतिको मुल्य अध्यबधिक [property Valuation]तथा पुन निमार्णका सबै कामहरु एकै ठांउमा हुने गरी संचालनमा आएको छ ।