२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

प्रेस युनियन धनकुटामा हिमाको नेतृत्व , १२ सदस्यीय कार्यसमिति चयन

Author Uttari Morang
आइतबार, पुष ०८, २०७५
प्रेस युनियन धनकुटामा हिमाको नेतृत्व , १२ सदस्यीय कार्यसमिति चयन

धनकुटा । नेपाल प्रेस युनियन धनकुटा शाखाको नवौँ जिल्ला अधिवेशनबाट हिमा चेम्जाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।

जसको खुल्ला उपाध्यक्षमा नरेन्द्र राई, समावेशी उपाध्यक्षमा अजयसञ्तोषी राई, सचिवमा विकास घिमिरे, सह सचिवमा सर्मिला राई र कोषाध्यक्षमा पूर्णकुमार चौधरी चयन भएका छन।
त्यसैगरि सदस्यहरुमा आषिश लिम्वू, करुणा कटुवाल, बलराम चौधरी, धनबहादुर परियार, विजयशेखर श्रेष्ठ, टीकाराम कटुवाल निर्विरोध चयन भएको नवनिर्वाचित उपाध्यक्ष नरेन्द्र राईले जानकारी दिए।
युनियनको केन्द्रीय प्रतिनिधिमा राजेश्वर बहादुर श्रेष्ठ, खगन्द्र घिमिरे, विदुर खवास, सुमना तिम्सीना, हरिबहादुर लम्जेल लगायत छानिएका छन भने प्रदेश प्रतिनिधीमा कविराज घिमिरे, विनोद घिमिरे, टकलाल राई लगायत छानिएको प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजयसञ्तोषी राईले जानकारी दिए।
शनिबारदेखि दुईदिनसम्म चलेको अधिवेशनको प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले उद्धाटन गरेका थिए।