धनकुटामा डरलाग्दो दुर्घटना, संघीय सांसद सहित नेकपाका आधा दर्जन नेताहरू घाइते
Uttari Morang
धनकुटा । प्रतिनिधि सभाका सांसद सहित नेकपा धनकुटाका नेताहरु चढेको सवारी आइतबार धनकुटाको पाख्रिवास नगरपालिका ७ स्थित मुगामा दुर्घटना हुंंदा झण्डै आधा दर्जन नेताहरु घाइते भएका छन् ।
दुर्घटनामा परि प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई लगायत पूर्व एमाले धनकुटाका नेताहरु अर्जुन राई, नैन बिश्वकर्मा, शान्तिराम गौतम, सरोज राई सामान्य घाईते भएका छन। दुर्घटनामा परेका सांसद राईको घुडामा सामान्य चोट लागेको छ । अन्य नेताहरुको अवस्था पनि सामान्य रहेको धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले बताए।
जिल्ला सदरमुकामबाट पाख्रिबासमा एक कार्यक्रमका सांसद राई सहित नेताहरु बोकेर लागि जादैँ गरेको बा. १ झ ५८७१ नम्वरको निजामति आवासिय माध्यमिक विद्यालय धनकुटाको जिप आइतबार दिउँसो अनियन्त्रीत भई सडकबाट ५० मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
तस्विर ः अंकित थापाको फेसवुक




