२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

आफैंले बोकेको बन्दुक पड्केर प्रहरी जवान गम्भीर घाइते, उपचारसंगै अनुसन्धान पनि चल्दै

Author Uttari Morang
मंगलबार, पुष १०, २०७५
आफैंले बोकेको बन्दुक पड्केर प्रहरी जवान गम्भीर घाइते, उपचारसंगै अनुसन्धान पनि चल्दै

मोरङको उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
सोमबार विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नम्बर को भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खडकाले बोकेको राइफल पड्किदा उनी गम्भीर घाइते भएका हुन् ।

गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ स्थित थापा चौकमा पुग्दा खड्काले बोकेको इन्फिल्ड मार्काफोर १ राइफल एक्कासी पड्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खड्काको छातीको दाहिने भागमा गोली लागेको छ । गोलीले उनको छाती छाडेर प्रहरी भ्यानको छत पनि दुलो परेको छ । घाइते जवानको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।