२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

डांगीहाटमा स्वास्थ्य शिविर सम्पन्न, पाँच सयभन्दा बढीले गराए स्वास्थ्य जांच

Author Uttari Morang
बिहिबार, पुष १९, २०७५
डांगीहाटमा स्वास्थ्य शिविर सम्पन्न, पाँच सयभन्दा बढीले गराए स्वास्थ्य जांच

बेलबारी नगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्तचाप,थाईराईड ग्याष्ट्रिकका बिरामी बढेको पाइएको छ ।

वडा नम्बर ११ ले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा चेक जाँच गरीएका ५ सय २५ बिरामी मध्ये अधिकांश विरामी फिजिसियनका भएको चिकित्सकहरुले जनाएका छन् ।

शारिरीक काम थोरै हुने गरेकाले पनि बिरामी बढ्दै गएको  उपचारमा संलग्न एक चिकित्सकले बताए । उनले खानेकुरामा समेत बिषादी मिसाइएको र खानेकुरा समेत धेरै चिल्ला खाने गरेकोले पनि समस्या बढेको बताए  ।

लाईफगार्ड अस्पताल विराटनगरको प्राविधिक सहयोगमा स्वास्थय शिविर गरीएको थियो ।उक्त स्वास्थय शिविरमा ईसिजि, भिडियो एक्सरे,रगत जाँच,नाक कान घाटी,मृगौला,पिसाव थैली तथा मुत्र रोग,स्त्रिरोग तथा वाल रोगको उपचार गरीएको लाईफगार्ड अस्पतालका माकेटिङ म्यानेजर निरज श्रेष्ठले बताए । वडावासीहरुको स्वास्थ्यको अबस्था बुझन शिविरको आयोजना गरीएको वडा अध्यक्ष यम वहादुर पाख्रेल (राजन) ले बताए ।