२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सुधार गृहबाट जबर्जस्ती निकालिएका युवाको दुर्घटनामा मृत्यु, घटना रहस्यमय भएको आफन्तको आरोप

Author Uttari Morang
बिहिबार, पुष १९, २०७५
सुधार गृहबाट जबर्जस्ती निकालिएका युवाको दुर्घटनामा मृत्यु, घटना रहस्यमय भएको आफन्तको आरोप

मोरङको कानेपोखरी ३ का ४० वर्षीय सूर्यबहादुर भट्टराईको बुधबार दुर्घटनामा परी मृत्यु भएको छ ।

भट्टराईलाई उनकी आमा र जेठा दाजुले जाँड रक्सीको लतबाट छुटाउन उर्लाबारी–४ स्थित जीवन बचाउ उपचार सेवा गृहमा भर्ना गरेका थिए । तर उर्लाबारी २ का वडाध्यक्ष र इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी प्रमुखको दवावमा सुधार केन्द्रबाट जबरजस्ती निकालिएका भट्टराईको केही दिनमै दुर्घटनामा मृत्यु भएपछि स्थानीय र आफन्तले घटनालाई रहस्यमय भएको बताउँदै आएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ प ८१७१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका भट्टराईलाई ठक्कर दिएको थियो । साइकलमा सवार भट्टराईको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए ।

ठक्कर दिने मोटरसाइकल र चालक मोरङ उर्लाबारी सुनझोडाका गगन भनिने गंगाबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको बारे थप अनुसन्धान भईरहेको छ । चालक बाईकबाट नलड्नु र चोट पनि नलाग्नु भट्टराई भने ज्यान गुमाउनु रहस्यमय भएको स्थानीयको बुझाई छ । अत्याधिक रक्सी सेवन गरेर सुर्धान राखिएका भट्टराईको बुुधबार  साँझ दुर्घटनामा परि मृत्यु भएको हो ।

भट्टराईलाई आमा र दाजु नृपेन्द्र भट्टराईले सुधार्न गृहमा भर्ना गरेका थिए । तर उनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना, उर्लाबारी वडा नम्बर २ का वडा अध्यक्ष राजन कडेल र दाजु पुष्कर भट्टराईको दवावमा धाकधम्की सहित जर्वरजस्ती छुटाइएको थियो । त्यसअनरुप यसअघि नै जीवन बचाउ उपचार सेवा गृह उर्लाबारीले पत्रकार सम्मेलन गरेर इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना र उर्लाबारी २ का वडाध्यक्ष राजन कुमार कडेलले कार्यलयमा आएर संस्थाका पदाधिकारीलाई धम्की दिएको बताएका थिए ।

राष्ट्रलाई नै सहयोग गर्दै आएको संस्थालाई निरुत्साहित गर्ने,अवाञ्छित रुपमा प्रभाव पार्ने ढङ्गले प्रहरी निरीक्षक तिम्सिना र वडाध्यक्ष कडेलले गत मङ्सिर २७ र २८ गते कार्यालयमा पुगेर धम्क्याएको बताएको गृहका अध्यक्ष सागर राईले बताए । राईका अनुसार उपचाररत भट्टराईलाई तत्काल छुटाउनका लागि कडेल प्रहरी निरीक्षकको सहयोग लिएर संस्थामा पुगेका थिए । संस्थाले बिना सरोकार बाला ब्यक्तिलाई उपचाररत विरामी जिम्मा लगाउन नमिल्ने जवाफ दिएको थियो । संस्थाका पदाधिकारीहरूले प्रहरी निरीक्षक तिम्सिनाको निर्देशन नमानेपछि तिम्सिनाले संस्थाका पदाधिकारीलाई मुद्धा लगाइदिने धम्की दिएका थिए ।
त्यसपछि संस्थामा सो घटनाले तनाब आएपछि परिवारको रोहवरमा गृहबाट निकालिएको थियो ।
गृहबाट निकालिएको केहि दिनमै दुर्घटनामा निधन हुनु रहस्यमय छ,अध्यक्ष सागर राईले भने ‘सुधार्न राखिएको मान्छे किन निकालियो, र लगत्तै त्यस्तो घटना भयो आर्चश्य लागेको छ । उनी गृहमा भएका भए त्यो घटना घट्ने थिएन,राईले भने । तर सुधार गृहले बन्धक बनाएको भनेर मिडियाबाजी समेत गरेर गृहलाई नराम्रो बनाउने काम भएको उनको भनाई छ ।

सुधार गृहमा अहिले २३ जनालाई राखिएको छ । गृहमा झापा, मोरङ, सुनसरीसहित भारतबाट समेत दुव्र्यसनमा लागेकालाई ल्याएर राखिएको छ । बिरामीको बानी व्यवहारमा सुधार ल्याउन परामर्शदाता समेत राखेर ‘काउन्सिलिङ’ गर्ने गरिएको छ ।
मृतकका जेठा दाजु नृपेन्द्र भट्टराईले भाईको अकालमा ज्यान गएकोमा दुख प्रकट गरे । सुधार गृहमा सुधार्न राखेकोमा दवावमा अरुले निकाले, फेरि रक्सी कसैले खुवाए वा खायो दुर्घटनामा ज्यान गुमाउन पुग्यो ।

भाईलाई सुधार्न आवश्यक थियो, तर किन निकालियो, रहस्यमय छ , आज दाहस्कार गरेर फर्किएका उनले भने, सत्यतथ्य बाहिर ल्याउने जिम्मा प्रसाशनको हो ।