२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

क्यान इन्फोटेकमा अफैर अफर, अवलोकनकर्ताको भिड

Author Uttari Morang
आइतबार, पुष २२, २०७५
क्यान इन्फोटेकमा अफैर अफर, अवलोकनकर्ताको भिड

विराटनगर स्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ ।
शक्रवार र शनिवार इन्फोटेकमा दशौ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । । क्यान महासंघ मोरङ शाखाको मख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका छन ।शक्रवार र शनिवार अवलोकनकर्ताको राम्रो उपस्थिती भएको क्यान मोरङ सचिव समित शाहले जानकारी दिए । अब २ दिनमात्र बाकीी रहेकोले अझ धेरै ब्यक्त्तिहरु उपस्थित हने अपेक्षा रहेको उनको भनाई छ ।

शनिवार कम्पनीहरुले आफ्ना प्रडक्टहरुमा ५० प्रतिशतभन्दा बढि छट दिएका छन । ल्यापटप, कम्प्यटर, एन्टिभाइरस, प्रिन्टर तथा सिसिटिभी लगायतका प्रडक्टमा कम्पनीहरु आकर्षक छट दिएका छन । सविसले भयंकर अफर ल्याएर एकदमै सस्तो प्याकेजमा इन्टरनेट दिएको छ । यसैगरी विभिन्न प्रडक्टको खरिदमा अन्य प्रडक्टहरु निशल्क उपलब्ध गराइएको छ ।
इन्फोटेकमा पहिलोपटक विभिन्न प्रडक्टहरु सार्वजनिक समेत भएका छन । विन्डोज वान बोर्ड अफिस, योगा बक र केहि अत्याधनिक सिसिटिभी क्यामेराहरु इन्फोटेकमा नयाँ प्रडक्टका रुपमा रहेका छन । सयभन्दा बढि स्टलहरुमा विभिन्न आकर्षक अफर र छटहरु जारी रहेको आयोजकले जानकारी दिएको छ । यसैगरी इन्फोटेकमा अन्य थप्रै आकर्षणहरु रहेका छन ।

शनिवार रोबोवारको क्वाटर फाइनल र सेमि फाइनल सम्पन्न भएको छ । कसमस ग्रप र डिस्ट्रक्सन समहविच आइतवार रोबोवार फाइनल हनेछ । रोबोवारमा १५ बढी समहहरुको सहभागिता रहेको थियो । यसैगरी ह्याकाथन पनि सञ्चालन भइरहेको आयोजक समितीका अध्यक्ष राजन यादवले जानकारी दिए ।
यसैगरी इन्फोटेकमा १५ भन्दा समह पब्जी गेम कम्पिटिशनमा भाग लिएका छन । धेरै यवाहरुको आकर्षण रहेको गेम प्रतिस्प्रधा तथा रोबोवारमा सहभागी हने क्रम बढिरहेको छ । विद्यार्थीहरुले बनाएका स्मार्ट सिटी मोडलिङहरु पनि कार्यक्रममा प्रस्तत भएका छन । भिडियो प्रतिस्प्रधा लगायतका अन्य थप्रै कार्यक्रमहरु भइरहेको आयोजकले जनाएको छ । ७ वर्षपछि विराटनगरमा भएको इन्फोटेकमा सोमबारसम्म सञ्चालन हनेछ ।

स्मार्ट सिटीमा आइसिटी कन्फ्रेन्स सम्पन्न

शनिवार स्मार्ट सिटी विषयमा कन्फ्रेन्स सम्पन्न भएको छ । काठमाण्डौबाट आउनभएका प्रो.डा. मनिष पोखरेल, मडिन्द« अर्याल, तषार न्यौपाने लगायतले डिजिटल गर्भनेन्स तथा स्मार्ट सिटीमा विभिन्न कार्यपत्र प्रस्तत गरेका थिए । कन्फ्रेन्स विभिन्न नगरपालिकाका प्रतिनिधिहरु सहित ७० जनाको सहभागिता रहेको थियो ।

जारी क्यान इन्फोटेकको तेस्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना भएको छ । स्मार्ट सिटी विषयमा केन्दि«त आइसिटी कन्फ्रेन्समा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन । अब स्थानिय निकायको जिम्मेवारी धेरै भएकोले आइटीलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा कि नोट स्पिकरको रुपमा काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डाक्टर मनिष पोखरेल रहनुभएको थियो । आइसिटी प्रयोग विना अब देश समृद्ध र विकास हुनै नसक्ने बताउदै पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै अब स्थानिय निकाय र सरकारले आइटीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

यसैगरी कन्फ्रेन्समा एक्सेसिवल गुड गर्भनेन्समा तुषार न्यौपाने, फिनटेकमा इसेवाका रुपेश न्यौपानेले कार्यपत्र पस्तुत गर्नुहुने छ । यसैगरी आइओटी तथा पछिल्ला प्रविधिहरुको बारेमा मडिन्द« अर्यालले प्रस्तुती दिनुभएको थियो । साइबर क्राइमको बारेमा प्रकाश उप्रेतीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्यानल डिस्कसन समेत सञ्चालन भएको थियो । राजन लम्सालले सञ्चालन गरेको प्यानल डिस्कसनमा प्रा.डा मनिष पोखरेल, क्यान मोरङका अध्यक्ष राजन यादव, विराटनगर महानगरपालिकाका आइटी अफिसर यादव श्रेष्ठ र सून्दरहरैंचाका आइटी अफिसर रोशन खनलाले सहभागिता जनाएका थिए ।