२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

विद्यालयमा अक्षयकोषका लागि सहयोगी हातहरु नामक संस्थाले गर्यो आर्थिक सहयोग

Author Uttari Morang
सोमबार, पुष २३, २०७५
विद्यालयमा अक्षयकोषका लागि सहयोगी हातहरु नामक संस्थाले गर्यो आर्थिक सहयोग

मोरङको बेलबारी वडा नं. २ मा रहेको सहयोगी हातहरू नामक सामाजिक संस्थाले दुई विद्यालयलाई अक्षयकोषको लागि रकम हस्तान्तरण गरेको छ ।

गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यका साथ आयोजना गरिएको तीज विशेष कार्यक्रमका लागि संकलित रकम हस्तान्तरण गरिएको हो । संस्थाले  सिंहदेवी आधारभूत विद्यालयमा स्थापना भएको अक्षयकोषमा संस्थाले ११ हजार १ सय एघार रुपैयाँ विद्यालयका प्रध्यानध्यापक हरि बहादुर कार्कीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी सोही संस्थाले कबिर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नका निमित्त विद्यालयका प्रध्यानध्यापक दुर्गा प्रसाद गौतमलाई ६६ हजार ६ सय छैसठ्ठी रुपैयाँ हस्तान्तरण गरेको छ ।

महिलाहरुको महान चाड  तिज विशेष सास्कृतिक तथा स्रष्टा सम्मान कार्यक्रमका लागि संकलन भएको १ लाख ७० हजार ६ सय पचहत्तर मद्ये ७४ हजार ९ सय रकम बचत भएको र सोही बचत भएको रकम अक्षयकोषका लागि दुई विद्यालयहरूलाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष मेघराज परियारले बताए ।