२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

साउनयता मात्रै स्वहा भएछ राज्यकोषको सवा पाँच करोड, यही हो सुशासन ?

Author Uttari Morang
शुक्रबार, पुष २७, २०७५
साउनयता मात्रै स्वहा भएछ राज्यकोषको सवा पाँच करोड, यही हो सुशासन ?
 सरकारले मापदण्ड र आधारविना आफू निकटकालाई राज्यकोषबाट करोडौं रुपैयाँ आर्थिक सहायता वितरण कार्य जारी राखेको छ।
आर्थिक मितव्ययिता र सुशासनको नारा दिँदै आएको सरकारले साढे पाँच महिनामा राज्यकोषबाट पाँच करोड २३ लाख ६५ हजार एक सय ३४ रुपैयाँ वितरण गरेको हो।

 गत साउनदेखि पुसको दोस्रो सातासम्म सरकारनिकट ८४ जना ब्यक्ति तथा विभिन्न संघसंस्थालाई सो रकम वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको छ। मन्त्रिपरिषदको ठाडो प्रस्तावमा रकम वितरण गर्ने निर्णय गरिँदै आएको स्रोतको दाबी छ। मन्त्रिपरिषदले रकम वितरण गर्ने निर्णय गरे पनि रकम भने गृह मन्त्रालयबाट वितरण हुँदै आएको छ।

मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार पुस ९ गते मात्रै एकै दिन ९० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरिएको थियो। सो दिनको मन्त्रिपरिषद बैठकले ११ जनालाई ९० लाख रुपैयाँ दिने निर्णय गरेको हो, राजधानी दैनिकमा खबर छ ।