२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सरकारलाई खवरदारी गर्दै आन्दोलनमा उत्रन थाल्यो खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा

Author Uttari Morang
सोमबार, पुष ३०, २०७५
सरकारलाई खवरदारी गर्दै आन्दोलनमा उत्रन थाल्यो खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा

केशु विरही, बेलबारी, माेरङ/ खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा जिल्ला कमिटि माेरङले अाज बेलबारीमा कार्यक्रम गरी  सरकारका काम कार्यवाहीप्रति असन्तुष्ठी जनाउँदै त्यसकाे विरुद्धमा खवरदारी गरेकाे छ ।

बेलबारी बजारमा सोमबार  काेणसभाकाे अायाेजना गरी सरकारलाई खवरदारी गर्ने काम गरेकाे हाे ।

पार्टीकाे केन्द्रीय नीति अनुसार अाफूहरुले काेण सभामार्फत सकारलाई खवरदारी गरेकाे खम्बुवान राष्ट्रिय मुक्तिमाेर्चा जिल्ला कमिटि माेरङका सचिव राजुदेव राईले जानकारी दिए ।

काेणसभालाई खम्बुवान राष्ट्रिय मुक्तिमाेर्चाका उपाध्यक्षद्वय डिलाराम खम्बु र संगम खम्बु, जिल्ला कमिटि माेरङका अध्यक्ष रणेन्द्र थिम्राहाङ लगायतले सम्वाेधन गरेका थिए ।

उक्त कार्यक्रममा खम्बुवान मुक्तिमाेर्चाका केन्द्रीय उपाध्यक्षद्वय दिलराम खम्बु र संगम खम्बु, केन्द्रीय सदस्यहरु किस्तर खम्बु र उमेश खम्बु, नारी माेर्चाका केन्द्रीय अध्यक्ष देशमाया राई, युवामाेर्चाका अध्यक्ष कमल गुरुङ लगायतकाे सहभागिता रहेकाे थियाे ।