२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

आर्मीलाई पराजित गर्दै झापाले जित्यो फागुनन्द गोल्डकपको उपाधि

Author Uttari Morang
मंगलबार, माघ ०१, २०७५
आर्मीलाई पराजित गर्दै झापाले जित्यो फागुनन्द गोल्डकपको उपाधि

फिदिममा सम्पन्न १० औं संस्करणको फागुनन्द गोल्डकपको उपाधि झापा ११ ले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा झापाले विभागीय टिम आर्मीलाई हराउँदै उपाधि हात पारेको हो । झापाले आर्मीलाई २–१ ले हराएको हो । उसलाई उपाधि दिलाउन पुजन उपरकोटीले दुवै गोल गरेभने आर्मीका राजिव गुरुङले एक गोल फर्काए । पुजनले खेलको २३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा अग्रता दिलाएका थिए ।

पहिलो हाफ ०–१ ले पछि परेको आर्मीका लागि राजिवले खेलको ७१ औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाए । तर, ८३ औं मिनेटमा पुजनले गोल गर्दै झापालाई उपाधि दिलाए ।

उपाधिसँगै झापाले ४ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले २ लाख पाएको छ ।