२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैंचाका सात स्थानमा यसरी बन्दैछन् अत्याधुनिक सार्वजनिक शौचालय

Author Uttari Morang
मंगलबार, माघ ०१, २०७५
सुन्दरहरैंचाका सात स्थानमा यसरी बन्दैछन्  अत्याधुनिक सार्वजनिक शौचालय

बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विभिन्न सात स्थानमा करिब ९ करोड लागतमा बन्ने आधुनिक सार्वजनिक शौचालयको निर्माणको काम तिब्र पारिएको छ ।
स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि स्थानीय व्यवसायी समेत रहेका भोलेश्वर दुलाल (भोला) को अध्यक्षतामा ‘सार्वजनिक शौचालय निर्माण महाअभियान’ सञ्चालनमा रहेको छ । निर्माणाधीन सार्बजनिक शौचालयमा आधुनिक पुस्तकालय सहितका सुविधाहरु हुनेछन् ।

कहाँ कहाँ बन्दैछन् शौचालय ?
सुुुन्दरहरैंंचा नगरपालिकाको विराटचोक, खोर्साने, बलिया, सलकपुर, गछिया, गोठगाँउ र हरैचामा शौचालय निर्माणाधीन अवस्थामा रहेका छन । शौचालय निर्माण थालिएको हरैचा बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गको छेउमा पर्छन् । सातवटै शौचालय एउटै डिजाइनमा निर्माण भइरहेको सार्बजनिक शौचालय निर्माण महाअभियान समितिका अध्यक्ष भोलेश्वर दुलालले बताए  ।

कहाँबाट जुटाईदै छ रकम ?
महाअभियानमा शौचालय निर्माणका लागी सुन्दरहरैचा नगरपालिकाले कुल लागको ३५ प्रतिशत लगानी गर्ने छ । बाँकी ६५ प्रतिशत  व्यवस्थापन समिति, स्थानीयबासी, व्यापारी र सहयोगीहरुबाट जुटाइने छ । ‘सुन्दरहरैचाका नागरिकले प्रतिब्यत्ति न्यूनतम १ सय रुपैयां सहयोग गर्नुपर्ने प्रस्ताव गरिएकोले जनसमुदायबाट २० प्रतिशत रकम उठाउने लक्ष्य रहेको अध्यक्ष दुलाल बताउँछन ।
स्थानीयबासीबाट १ करोड ९२ लाख ९२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । स्थानीय व्यवसायीहरुबाट ३० प्रतिशत अर्थात २ करोड ८९ लाख ३८ हजार रुपैयाँ संकलन गरिने छ । बैंक वित्तीय संस्था तथा एसोसिएटहरुबाट एक करोड ४४ लाख ६९ हजार रुपैयाँ संकलन गरिने छ । नगरपालिकाले ३ करोड ३७ लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।

शौचालयमा कस्ता सुबिधा हुनेछन् ?
निर्माणधिन ‘शौचालय भवनभित्र इन्टरनेटको सुविधा सहितको आधुनिक पुस्तकालय, चमेना गृह, सैलुन, आराम कक्ष समेत हुनेछ । सार्बजनिक यातायातलाई  समेेत लक्षित गरी निर्माण गरिएको शौचालय परिसरमा गाडी पार्किङ स्थल समेत हुनेछ ।
निर्माणाधीन शौचालय दुई तलाका हुनेछन् । शौचालयको भुई तलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन रहने छ । पहिलो तल्लामा अडियो भिडियो सुविधासहितको आधुनिक पुस्तकालय रहने अध्यक्ष दुलालले बताए । पुस्तकालय सहितको शौचालय युरोपेली मापदण्ड अनुसारको निर्माण भइरहेको उनले जानकारी दिए ।

‘शौचालयको डिजाइन युरोपियन देशहरुको जस्तै हुन्छ’ दुलालले भने ‘शौचालय प्रवेशको ढोका पनि आधुनिक हुन्छ ।’ अध्यक्ष दुलालका अनुसार पुस्तकालय र पसलकालागि आवश्यक पर्ने बिजुली शौचायलबाट नै उत्पादन गरिने छ । २०७४ माघबाट निर्माण सुरु गरिएको सातवटा मध्ये चारवटा शौचायल निर्माणको काम ८० प्रतिशत काम पुरा भएको छ ।