ताजा अपडेट
प्रत्येक वडाका बिपन्न ३० परिवारलाई सिरक डसना बांड्दै पथरीशनिश्चरे नगरपालिका
Uttari Morang
मंगलबार, माघ ०१, २०७५
पथरीशनिश्चरे नगरपालिका कार्यालयले प्रत्येक वडाका अति विपन्न घरपरिवारलाई न्यानो सामग्री वितरण शुरु गरेको छ ।
नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्यहरु अग्नी गुरुङ, अरुणा राई, सीता भुसाल, नगरको भाषा, कला र संस्कृति प्रवद्र्धन समितिका अध्यक्ष वीरध्वज शिवा सहितले वडा नम्बर २ को ३० परिवारका लागि न्यानो सामग्री वितरण गरेका हुन् ।
वडाका अति विपन्न ३० परिवारका लागि १/१ थान ओछ्याउने म्याट्रेस र १/१ थान ब्लाङकेट प्रदान गरिएको हो ।
१० वटा वडा रहेको नगरमा प्रत्येक वडाबाट अति विपन्न अवस्थाका ३०/३० परिवारका लागि न्यानो कपडा वितरण कार्यक्रम अघि बढाएको नगर प्रमुख दिलिपकुमार राईले जनाए ।




