२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा

Author Uttari Morang
बिहिबार, माघ ०३, २०७५
धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा

धनकुटा । गत बर्ष माघ ३ मा तत्कालिन देउवा सरकारले प्रदेश १ को अस्थायी मुकाम धनकुटामा नराखी अन्यत्र तोक्ने निर्णय गरेको विरोधमा धनकुटाबासीले सो दिनलाई  कालो दिनको रुपमा मनाएका छन् । उनीहरूले खोसिएको अधिकार फिर्ता ल्याउन लागि आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् ।

तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १ को अस्थायी मुकाम नतोकी विराटनगरमा तोक्ने तत्कालिन सकारले निर्णय गरेको दिनलाई धनकुटाबासीले सडकमा नाराजुलुस गर्दै कालो दिनको रुपमा मनाएका हुन । धनकुटाको मदन चौकबाट सुरु भएको विरोध ¥याली धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी पुन मदन चौकमा आई भएको विरोध सभामा  परिणत भएको थियो ।

बिरोधसभामा प्रदेश १ का सांसद आर सी तुम्बाले धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन अव प्रदेश सभा भित्रनै आन्दोलन गर्ने चेतावानी दिए। धनकुटा प्रादेशिक राजधानी निर्माण अभियान समिति धनकुटाका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको विरोध सभामा नेकपाका जिल्ला सदस्य तथा उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तुतिङ्ग, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, राष्टिय जनमोर्चाका अध्यक्ष तुलमान राई लगायतले धनकुटाको लाीग माघ ३ गते कालो दिन भएकाले अव धनकुटालाई प्रदेश १ को राजधानी बनाएर कालो दिनलाई मेट्ने बताउदै त्यसका लागि धनकुटा प्रदेश १ को राजधानी नभएसम्म आन्दोलन जारी रहने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठ, आदिवासी जनजाती महासंघ धनकुटका अध्यक्ष सञ्जय सन्तोषी राई, नेपाल निर्माण व्यवसायी संघ धनकुटका अध्यक्ष अर्जुन केसी, नेपाल आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष सन्तवीर लामा, अभियान्त सुजनभाई जोशी, सत्यनारायण श्रेष्ठ, सुनिल कुमार डंगोल, कविन्द्र अधिकारी, मञ्जु पौडेल लगायत धनकुटा बजारबासीहरु, पत्रकारहरु, नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको थियो।

बिहीबारदेखि सुरु भएको अभियान धनकुटालाई प्रदेश १ को प्रादेसिक राजधानी निर्णय नगरेसम्म आन्दोलन सशक्त रुपमा जारी रहने धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठले बताए।