२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

आठराइमा आगलागी हुँदा एक घर जलेर खरानी, झण्डै सात लाखको क्षति

Author Uttari Morang
सोमबार, माघ ०७, २०७५
आठराइमा आगलागी हुँदा एक घर जलेर खरानी, झण्डै सात लाखको क्षति

तुलसी राम धमला तेह्रथुम / तेह्रथुमको  आठराई स्थित एक घरमा आगलागी हुंदा लाखौं मुल्य बराबरको क्षति भएको छ।
आईतबार राति करिब १२ बजे  आठराई गाउँपालिका वडा न ७ साबिक थाेक्लुङ १ निबासी हस्त बहादुर बलकाे दुई तले फुसकाे छानाे भएकाे घरमा आगलागी भएको हाे ।
घरमा आगलागी हुंदा घरभित्र रहेकाे २ तोला सुन, नगद १ लाखसंगै खाध्यान्न, लत्ताकपडा, भांडा बर्तन लगायत सामान जलेर नष्ठ हुदा ६ लाख ५९ हजार ५ सय बराबरको क्षेति भएको  आठराई प्रहरी चाैकी चुहानडाँडाका प्रहरी साहायक निरिक्षक महेन्द्र कुमार संम्बाहाम्फेले बताए ।
आगलागीकाे करण भने खुल्न सकेकाे छैन । आगाे स्थानीयकाे सक्रियतामा नियन्त्रणमा आएको थियाे । यसैबिच अग्नि पिडित परिवारलाई नेपाल रेडक्रस साेसाईटी उपसाखा थाेक्लुङले एक सेट राहत सामाग्री प्रदान गरेकोे उपसाखा सचिव रमेश कुमार बजगाईले बताए ।
७ जनाकाे सङ्ख्या रहेको अग्नि पिडित परिवार अहिले नजिकैको पालीमा बस्न बाध्य भएका छन् ।