२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बाबुको उपचार खर्च जुटाउन पढ्न छाडेर सफारी चलाउदै १७ बर्षिया किशोरी

Author Uttari Morang
सोमबार, माघ ०७, २०७५
बाबुको उपचार खर्च जुटाउन पढ्न छाडेर सफारी चलाउदै १७ बर्षिया किशोरी

उर्लाबारी, मोरङ /  कक्षा १२ मा पढ्ने १७ बर्षिया  उनी   विद्यालयकी नियमित छात्रा हुन् । पढाइ औसत छ । उनले शिक्षा संकाय लिएर पढिरहेेेेकी छिन् ।

सधैं विद्यालय र घर आउजाउ गर्ने उनको दैनिकी  हिजोआज फेरिएको छ । विद्यालय नियमित जान नपाएकोले पुरै कक्षा लिन पाएकी छैनन्  । सुस्त मनस्थिती भएकी बहिनी, एउटा मृगौला निकालेर थलिएकी आमा अनि कलेजोमा समस्या आएपछि थलिएका बुवाको हेरचाह र परिवारको जिम्मेवारी थपिएको छ ।

उनको ९ बजे टिफिन हुन्छ । टिफिनमै घर (डुम्रे) फर्किन्छन् । खाना बनाउँछिन् र घरयसी काम सकेर सफारी निकाल्छिन् । कहिले सीमसारको गेट अगाडि त कहिले मंगलबारे चोककाे सफारी स्टेशन अगाडि यात्रुको खोजीमा पुग्छिन् । दिनभर सफारी कुदाउँछिन् ।

मानिस मात्रै होईन कहिले काहींं सिमेन्ट, फर्निचर लगायतका सरसामान पनि बोक्छिन् । साँझमा घर पुग्ने  बेलासम्ममा दैनिक हजार रुपैयाँ कमाउँछिन् । कहिले काहीं त्यो पनि कमाउँदिनन् । परिवारको सम्पूर्ण खर्च सफारीबाट उठाउने कोसिस गरेकी छन् ।

सिमेन्टको बोरा बोक्दै अम्बिका

उनी अन्य कोही नभएर उर्लाबारी–२ डुम्रेकी अम्बिका भट्टराई हुन् । बुवा बिरामी भएर थलिएपछि उनको काँधमा जिम्मेवारी थपिएको छ । उपचारका लागि १२ लाख खर्च हुने चिकित्सकले बताएपछि खर्च जाेहाेका लागि सफारी कुदाउन थालेकी हुन् ।

अम्बिका हिजोआज बुवाको उपचारका लागि सफारी कुदाउन थालेकी छन् । तीन वर्षसम्म बुवाको उपचार गर्दा जयजेथा सकिएपछि भट्टराई परिवारमा यतिबेला पीडा थपिएको छ । भरतपुर स्थित क्यान्सर अस्पतालले २२ दिनको अन्तमा १२ महिनासम्म एक लाख रुपैया प्रतिगोटा पर्ने सुई लगाएपछि रोग निको हुने जनाएको छ । खर्च जुटाउनका लागि उनले सफारी कुदाउन थालेकी हुन् ।

उनको यो संघर्षले जो कोहीको मन छुन सक्छ । अम्बिकाले आफ्नो बुवा नारायणप्रसादको उपचारमा सहयोग गरिदिनुहुन सबैलाई आग्रह समेत गरेकी छन् । अम्बिकाको परिवारलाई सहयोग गर्न चाहनेले विष्णु भट्टराइको सम्पर्क नं. ९८५२६८३९६८ मा सम्पर्क गर्न सकिने उनले बताएकी छन् । कसैले आर्थिक सहयोग गर्ने मनसाय भएमा कनकाइ विकास बैंक मंगलबारेमा रहेको नारायण प्रसाद भट्टराइको खाता नं.०१३०१३०००३५४०४०००००१ मा जम्मा गर्न पनि सकिने छ । – मंगलबारे पेजबाट