२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

माेरङ नेत्रहीनकाे एकदिने अन्तरक्रिया सम्पन्न, अपाङ्गमैत्री शिक्षामा जाेड

Author Uttari Morang
बुधबार, माघ ०९, २०७५
माेरङ नेत्रहीनकाे एकदिने अन्तरक्रिया सम्पन्न, अपाङ्गमैत्री शिक्षामा जाेड

केशु विरही, बेलबारी, माेरङ/ माेरङ नेत्रहीन संघकाे १९ अाैं स्थापना दिवसकाे अवसरमा “दृष्टिविहिन मैत्री शैक्षिक प्रणालीकाे विकासमा स्थानीय निकायहरुसँगकाे भूमिका विषयक” एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले स्थानीयपालिकाले पारित गरेका शिक्षा कार्यविधि तथा शिक्षा एेनले नेत्रहिनहरुकाे शैक्षिक अधिकारलाई संवाेधन गर्नु पर्ने वताए  । अन्तरक्रिया कार्यक्रममा स्थानीयपालिकाले पारित गरेका शिक्षा कार्यविधि तथा शिक्षा एेन अपाङ्गमैत्री नभएकाे  वक्ताहरुले अाराेप लगाए ।

नेत्रहीन युवा संघकाे अायाेजनामा माेरङ नेत्रहीन संघ बेलबारीकाे सभाहलमा संचालन भएकाे उक्त अन्तरक्रिया कार्यक्रममा माेरङ जिल्लाका १७ वटै स्थानीयपालिकाका शिक्षा विभाग प्रमुख तथा विद्यालय निरिक्षकहरुकाे सहभागिता रहेकाे थियाे ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई माेरङका प्रमुख राजेन्द्र बुढाथाेकी, नेत्रहिन युवा संघका अध्यक्ष कलाधर भण्डारी, माेरङ नेत्रहिनकी अध्यक्ष शावित्रा काेईराला लगायतकाे सहभागिता रहेकाे थियाे ।

नेत्रहिन युवा संघका अध्यक्ष कलाधर भण्डारीले कार्यक्रमकाे अाैचित्यकाे वारेमा प्रष्ट पारेका थिए । साथै साे कार्यक्रममा कबिर माविका प्र अ. बेलबारीका शिक्षा शाखा प्रमुख जीवन गड्ताैला लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

मिक्लाजुङ गाउँपालिकाका शिक्षा विभाग प्रमुख काशिनाथ खनालले अरु स्थानीयपालिकाहरुले शिक्षा कनर्यविधि राजपत्रमा प्रकाशित भएर कार्यान्वयन भैसकेकाे वताईरहँदा अाफ्नाे स्थानीयपालिकामा भने शिक्षा कार्यविधि वन्न नसकेकाे वताए ।

उनले ठट्टा गर्दै भने- तपाईहरु शिक्षा कार्यविधि पारित भएर राजपत्रमा प्रकाशित भएर कार्यान्वयनकाे समेत कुरा गर्नु हुन्छ तर हाम्राेमा भने अलपत्र अवस्थामा छ ।”

जहदाका विन्दुकुमार लावतीले अपाङ्गमैत्रीकाे नीतिकाे निर्माणभन्दा पनि कार्यान्वयनकाे पाटाे भने चुनाैतिपूर्ण रहेकाे वताए  ।

कानेपाेखरी गाउँपालिका तथा बेलबारी नगरपालिका दुवै नगरपालिकालाई हेर्ने श्राेत व्यक्ति प्रेम भट्टराईले शिक्षा कार्यविधि तथा एेन निर्माणमा सजगता अपनाउनु पर्ने कुरामा जाेड दिए ।

प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कानुन वन्ने क्रममा रहेकाे साथै संघियताकाे अध्यास नै नयाँ भएकाेले गर्दा धेरै कुरा सिकाईकै क्रममा वताए । उनले शैक्षिक कार्विधिलाई सुधार गर्दै समयानुकुल बनाउनु पर्ने कुरामा जाेड दिए ।