२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

संयन्त्र सञ्चार सहकारीको आठौं बार्षिकोत्सब सम्पन्न, पुर्व अध्यक्ष सहित ७ जना सम्मानित

Author Uttari Morang
शुक्रबार, माघ ११, २०७५
संयन्त्र सञ्चार सहकारीको आठौं बार्षिकोत्सब सम्पन्न, पुर्व अध्यक्ष सहित ७ जना सम्मानित

मोरङको बेलबारीस्थित संयन्त्र सञ्चार सहकारी संस्था लि द्वारा सञ्चालित रेडियो बेतनाले आठौं वार्षिकोत्सव मनाएको छ ।

स्थानीय बेलबारी उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको वार्षिकोत्सव समारोहमा २ जना सञ्चारकर्मी सहित सात जनालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा रेडियो बेतनाका समाचार प्रमुख अनील बराल र ब्लाष्ट टाइम्स दैनिकका बेलबारी सम्वाददाता भक्तसेर लिम्बू, उद्योगी विद्याञ्चल साह, बेतना सिमसार सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेत, संयन्त्र सहकारीका पूर्व अध्यक्ष तथा पुर्व सांसद नरेन्द्र बस्नेत, पुर्व अध्यक्षहरु देवराज तामाङ र निवर्तमान अध्यक्ष राजकुमार लिम्बू छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्थानीय सरकारका गतिविधिलाई रेडियो लगायत दृष्यबाट पनि प्रचार गर्न आवशयक भएकोेले टेलिभिजनको पनि आवश्यकता रहेको बताए । आस्थाका आधारमा समाचार बन्नु नहुनेमा जोड दिँदै उनले समाचार निष्पक्ष बने समाजलाई भ्रम नहुने बताए ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइटेलले पत्रकारहरू अझै पनि राज्यले तोके अनुसारको पारिश्रमिक पाउनबाट वञ्चित भएको बताए । प्रत्येक स्थानीय तहले पत्रकारको क्षमता वृद्धिका लागि सहयोग गर्नुपर्नेमा लुइटेलले जोड दिए ।
संयन्त्र सञ्चार सहकारी तथा रेडियोका अध्यक्ष भोजराज बस्नेतको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा सुनवर्सी नगरपालिकाकी उप प्रमुख मञ्जुकुमारी राई ,स्थानीय ब्यवसायी प्रताप थापा ,आदिवासी जनजाति नेता तिलक राईले पनि बोलेका थिए ।संस्थाका सचिव कुलप्रसाद बरालले सञ्चालन गरेको कार्यक्रममा संस्था कार्यसमिति सदस्य रिता कोइरालाले स्वागत गरेकी थिइन् ।