विगत १० वर्षदेखि काठमाण्डौंंमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो नवौं चरणको लागि आवेदन फारम खुल्ला गरेको हो ।
उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । …Student’s personality education and beauty Ú ’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत छात्राहरुलाई सहभागी गराइने छ ।
उक्त कार्यक्रमको लागि सहभागीताको लागि माघ तेस्रो सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा फाल्गुनको अन्तिम साता राजधानीमा हुनेछ ।
प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१९” कोे ताज उपाधि सहित सुजुकी लेट्स स्कुटर र उच्च शिक्षाको लागि अष्टेलियाको लागि छात्रावृत्ति पाउने छिन भने वाली भ्रमण गर्नको लागि हवाइ टिकट साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।
फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइल फोन तथा अष्टेलियाको लागि छात्रवृत्ति साथै वाली भ्रमण गर्नको लागि हवाई टिकट पाउने छन् । अन्य विभिन्न गिफ्टहयाम्परहरु प्राप्त गर्नेछन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिने आयोजकले जनाएको छ ।