२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

इटहरीमा फेरि बलाकृत भइन् अर्की युवती, तीनजना पक्राउ

Author Uttari Morang
बिहिबार, माघ १७, २०७५
इटहरीमा फेरि बलाकृत भइन् अर्की युवती, तीनजना पक्राउ

सुनसरीको इटहरीस्थित तरहराकी एक युवती बलात्कारमा परेकी छिन् ।

घटना केही समय पहिलेकै भएपनि कक्षा ७ मा पढ्ने १५ बर्षिया ती युवतीको तीन महिनाको गर्भ रहेको थाहा भएपछि बलात्कारको घटना सार्वजनिक भएको हो ।  बालिकालाई फकाएर तीन जनाले बेग्लाबग्लै समय र स्थानमा करणी  गरेको खुलेको छ ।

प्रहरी निरीक्षक बुद्धि चौलागाईले दिएको जानकारी  अनुसार कार्तिक अन्तिम हप्तादेखि मंसिर १५ गतेसम्म विभिन्न समय र स्थानमा तीन जनाले युवतीसंग यौन सम्बन्ध राखेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।