२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बिपल्पसहित मदन भण्डारी राजमार्ग बन्ने स्थान तय गर्यो केराबारी गाउँपालिकाले

Author Uttari Morang
शुक्रबार, माघ १८, २०७५
बिपल्पसहित मदन भण्डारी राजमार्ग बन्ने स्थान तय गर्यो केराबारी गाउँपालिकाले

राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको मदन भण्डारी मार्ग बन्ने स्थान र मापदण्डको विषयमा अन्योल र बिवाद बढिरहेको बेला मोरङको केराबारी गाउँपालिकाले संस्थागत धारणा सार्वजनिक गरेको छ ।

नेपाल सरकारले अरवौं रुपैया बजेट विनियोजन गरी धरानभन्दा पश्चिमतिर सडक नै कालोपत्रे गर्न थालिएको भएपनि उत्तरी मोरङको मधुमल्ला, लेटाङ, केराबारी, र सुनसरीको धरान लगायतको ठाउंमा बाटो बन्ने स्थान र  मापदण्डको विषयमा अन्योल  विवाद थियोे । केही स्थानमा सर्वेको काम समेत अघि वढ्न नसकिरहेको बेला गाउंपालिकाले बिकल्प सहित संस्थागत धारणा सार्वजनिक गरेसंगै राजमार्गको निर्माण सहज  बनेको छ ।

गाउँपालिकाले बिहिवार गरेको निर्णय अनुसार बजार क्षेत्रमा २/२ मिटर फुटपाथ बाटो र ७ देखि ११ मिटरसम्मको कालोपत्रे हुनेगरी राजमार्ग बन्ने भएमा केराबारी बजार क्षेत्रबाट नै राजमार्ग बनाइने छ । बजार  क्षेत्रको न्युनतम मापदण्ड अनुसार राजमार्ग बनेमा सो मापदण्डले गाउँपालिकालाई कुनै असर नपर्ने भएकोले बजार क्षेत्रबाट राजमार्ग बनाउन दिइने अन्यथा विकल्प खोज्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी  दिए ।

यसअघि केराबारी गाउपालिकाका कार्यकारी प्रमुख पुण्यप्रसाद पौडेल र गाउँपालिका अध्यक्ष रोहित कार्की लगायतको टोली सडक विभाग तथा मन्त्रालयमा गएर आएका थिए ।
केराबारी गाउँपालिकाले गत वर्षदेखि नै मुख्य बाटोको मापदण्ड २० मिटर कायम गरेको छ थियो सोही अनुसार बजार क्षेत्रमा बाटो चौडा समेत गरिएको  छ । सरकारले बजार क्षेत्रमा ७ देखि ११ मिटरसम्म कालोपत्रे गर्ने मापदण्ड बनाएकोले केन्द्रभागदेखि १०/१० मिटर दाँयाबाँयासम्म रहने गरी सडक कायम गर्न स्थानीय सरोकारवाला सहमत देखिएको गाउँपालिकाले जनाएको छ । यसअघि राजमार्गको सर्भे गर्दा ५०  सय मिटर तल माथि हुने गरी गुगल म्याप अनुसार नै बाटोको सर्वे गरिएको  थियो ।

गाउँपालिका अध्यक्ष कार्कीका अनुसार २० मिटर भन्दा वढी बढाउनुपर्ने भए उचित मुआब्जा तथा क्षतिपुर्ति सहित बाटोको विकल्प खोजी गर्ने  समेत निर्णय भएको छ ।

यसअघि एक समुहले बजार क्षेत्रको सट्टा पहाडी क्षेत्रको फेदीबाट  र अर्को समूहले बजार क्षेत्रबाट  मदन भण्डारी राजमार्ग बनाउन माग गर्दै गाउँपालिकामा ज्ञापन पत्र वुझाएका थिए ।

मदन भण्डारी राजमार्गको विषयमा गाउंपालिकाले धारणा सार्वजनिक गरेपनि खदम खोलामा कहाँनेेेर पुुुल बनााउने भन्ने बिषयमा सरोकारवाला पक्षविच बिवाद कायमै छ । गाउंपालिकाले भने प्राविधिक टोलीको रायसुझाव र सल्लाह अनुसार  पुल बन्ने स्थान तय गर्ने निर्णय गरेको छ । काम शुुुुरु गर्नुअघि सवै सरोकारवाला व्यक्तिहरुविच छलफल तथा राय सुझाव लिएर प्रक्रिया अघि वढाउने गाउँपालिकाले जनाएको छ ।

यो पनि …

धरानभन्दा पश्चिमतिर पिच हुनथाल्यो मदन भण्डारी राजमार्ग, पुर्वतिर बन्ने स्थानकै बेटुङ्गो