२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

करोड कारोबारको लक्ष्य सहित गछियामा हुनेभो तेश्रो सुन्दरहरैचा एक्स्पो, तयारी तीब्र

Author Uttari Morang
सोमबार, माघ २१, २०७५
करोड कारोबारको लक्ष्य सहित गछियामा हुनेभो तेश्रो सुन्दरहरैचा एक्स्पो, तयारी तीब्र

‘कृषि , पर्यटन , उधोग र व्यापार : आर्थिक समृद्धिको मुल आधार’ भन्ने नाराका साथ सुन्दरहरैचा नगरपालिका स्थित गछियामा तेश्रो सुन्दरहरैचा एक्स्पो २०७५ आयोजना हुने भएको छ ।

एक्स्पो आयोजकले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सुन्दरदुलारी उधोग वाणिज्य संघको आयोजनामा हुने उक्त एक्स्पो फागुन ४ गते देखी फागुन १२ गतेसम्म चल्ने छ ।

एक्स्पो आयोजक समितिका सयोजक किशोर कार्कीका अनुसार एक्स्पोमा औधोगिक उत्पादनका वस्तुहरु, कृषी उत्पादनका वस्तुहरु , सुचना प्रविधि, वैकल्पिक उर्जा , घरायसी सामाग्री, अटोमोबाइल्स्, बैक तथा वितिय सस्था,लुब्रीकेन्ट्स र पार्टसका सामाग्रीहरुको पर्दशन सहित १ सय ८५ वटा भन्दा बढी स्टलहरु रहने छन् ।

एक्सपोमा अटोमोबाइलका २०, लुब्रिकेन्टका १०, कृषिका २०, होटलका १५, बैंक तथा वित्तीय संस्थाका २० वटा गरी जम्मा १ सय ८५ वटा स्टल रहने उनले जानकारी दिए ।

एक्स्पो सञ्चालनका लागि करिब ७५ लाख लागत लाग्ने  अनुमान गरिएको छ  । एक्स्पो अवधिभर करिब ३ लाख दर्शकले एक्स्पो अवलोकन गर्ने  आयोजकले लक्ष्य लिएका छन्  ।

७५ लाख बराबर लगानी रहने एक्स्पोमा १५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । नेपाली तथा विदेशी कलाकारका साथै नेपालकै होची महिला मालती ऋषिदेवलाई पनि आकर्षणको रूपमा राखिने बताइएको छ ।

आयोजकले एक्स्पोको भित्री सुरक्षाको लागि सिसी क्यामेरा, निजी सेक्युरिटी गार्ड , स्वयं सेवकको व्यवस्था गरिने बाहिरी सुरक्षाको लागी जनपथ प्रहरी , सशस्त्र प्रहरीहरको सुरक्षामा एक्स्पो सञ्चालन गरिने बताइएको छ ।