२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बिदेश जानेले बिराटनगरबाट पनि पाउन थाले श्रम स्वीकृति, अब धाउनु पर्दैन नि काठमाडौंं

Author Uttari Morang
बुधबार, माघ २३, २०७५
बिदेश जानेले बिराटनगरबाट पनि पाउन थाले श्रम स्वीकृति, अब धाउनु पर्दैन नि काठमाडौंं

सरकारले प्रदेश स्तरमै श्रम स्वीकृति दिने नीति लिएसंगै  बुधबारदेखि श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु गरिएको  छ ।

बुधवार श्रम कार्यालय बिराटनगरले प्रदेश १ मा पहिलो पटक श्रम स्वीकृत प्रदान गर्न थालेको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका विजय खड्कालाई विराटनगरबाट कतारको लागि पहिलो श्रम स्वीकृत प्रदान गर्दै श्रम स्वीकृति दिने काम थालेका छन् ।

कतारबाट तीन महिनाको विदामा उनी घरमा आएका खड्काले बिराटनगरबाट पहिलो श्रम स्वीकृत प्राप्त गरेका हुन् ।
पहिलो चरणमा नै श्रम स्वकृती प्रदान गर्ने भनिएको भनिए पनि बिराटनगरको श्रम कार्यालयबाट सातवटा प्रदेशमै सबैभन्दापछि श्रम स्विकृती दिन थालिएको हो ।श्रम मन्त्रालयले यस अघि नै छ वटै प्रदेशबाट  श्रम स्वीकृती दिने ब्यबस्था गरिसकेको छ  ।
उद्घाटन कार्यक्रममा एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बैदेशिक रोजगारीमा जानको लागि प्रदेशबाट आफ्नै ठाउँ र क्षेत्रबाट श्रम स्वीकृती दिन थाल्नु सकारात्मक भएपनि बैदेशिक रोजगारीमा जाने क्रमलाई रोकेर देशमै रोजगारीको अबसर सिर्जना गर्न तर्फ लाग्नु पर्ने बताए  ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले लामो समयदेखि केन्द्रिकृत रुपमा वितरण हुँदै आएको श्रम स्वीकृती विराटनगरबाट नै दिन थालिएपछि युवाहरूलाई  सहज हुुने बताए ।
श्रम कार्यालय विराटनगरकी निमित प्रमुख सविता दाहालले केही महिनाअघि देखि नै शुरु हुनुपर्ने श्रम स्वीकृतीको काम यस प्रदेशमा अन्य प्रदेश भन्दा अन्तिममा परेको बताइन् । उनले  पहिलो चरणमा विदेश बसेर विदामा आएकाहरुलाई प्राथमिकतामा राखेर श्रम स्वीकृती दिइनेे जानकारी दिइन् ।