२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

जन्मदिनको अवसरमा २५ हजारको शैक्षिक सामग्री तथा विद्यालय पोशाक बितरण

Author Uttari Morang
बिहिबार, माघ २४, २०७५
जन्मदिनको अवसरमा २५ हजारको शैक्षिक सामग्री तथा विद्यालय पोशाक बितरण

बेलबारी, मोरङ / बेलबारी नगरपालिका वडा नं. ५ मा रहेकोे सखुवाटोली युवा समाजको सहयोगमा सो संस्थाका अध्यक्ष मुकेश पौडेलले आफ्नो २३ औं जन्मदिनको अवसरमा माघ  एक विद्यालयमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेका छन् ।

बेलबारी वडा नं. ५ मा रहेको धनपाल माध्यमिक विद्यालयमा सखुवाटोली युवा समाजको सहयोगमा उक्त संस्थाका अध्यक्षले माघ २३ गते २५ हजार बराबरका शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेका हुन्  ।

सखुवाटोली युवा समाजका अध्यक्ष मुकेश पौडेलको सभापतित्व, बेलबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विश्वबन्धु बस्नेतको प्रमुख आतिथ्यता र बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुखको बिशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा बाल कक्षादेखि कक्षा ५ सम्मका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको थियो ।

बेलबारीका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बेलबारी नगरपालिका वडा नं ३ र ४ का वडा सदस्य, राजनितिक दलका प्रतिनिधिहरु, बेलबेतना युवा सञ्जालका प्रतिनिधिहरु, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी तथा अभिभावकहरुको समेत उपस्थितिमा उक्त कार्यक्रमलाई सखुवाटोली युवा समाजका सचिव बद्री पौडेलले सञ्चालन गरेका थिए ।

निकै आकर्षक नृत्यहरुका साथ कार्यक्रमलाइ भव्य बनाइएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा विद्यालय प्रमुखलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथिले आजकलका केटाकेटिहरुले जन्मदिनको अवसर पारेर आफ्ना साथिभाईहरुलाई कुनै महङ्गा होटलमा लगि पार्टी दिने प्रबृत्ति बढेको भएता पनि यस संस्थाले भने विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेर एउटा राम्रो र सभ्य कार्यक्रम गरेको भन्दै आफ्नो मन्तव्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा आएका विशिष्ट अतिथि बेलबारी नगरपालिकाको शिक्षा शाखा प्रमुख जीवन गड्तौलाले आफू एउटा सभ्य र भव्य कार्यक्रममा उपस्थित हुन पाएकोमा हर्षित रहेको र जन्मदिनको अवसर पारेर विद्याार्थीहरुका निम्ति उदाहरणीय कार्य गरेकामा बधाई दिएका थिए ।