२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

लक्ष्मीमार्गमा जिल्लास्तरीय एन प्याब्सन स्पोर्ट्स मिट हुुँदै, ८२ वटा खेल खेलाइने

Author Uttari Morang
बुधबार, फाल्गुण ०१, २०७५
लक्ष्मीमार्गमा जिल्लास्तरीय एन प्याब्सन स्पोर्ट्स मिट हुुँदै, ८२ वटा खेल खेलाइने

एन प्याब्सन मोरङको आयोजनामा फागुन २ र ३ गते अर्थात बिहीबार र शुक्रबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा दोस्रो जिल्ला स्तरीय खेलकुद प्रतियोगिता  हुने भएको छ ।

बुधबार लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी एन प्याब्सन मोरङले सो जानकारी दिएको हो । प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्स,मिनी म्याराथन, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प लगायत ८२  खेलहरु हुनेछन् । एन प्याब्सन मोरङमा सय स्कुल आबद्ध रहेको र त्यसमध्ये ५० स्कुल सहभागी हुने अपेक्षा गरिएको एन प्याब्सन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारीले बताए ।

 

प्याब्सनले केही समयअघि लक्ष्मीमार्गमा नै स्पोर्ट्स मिट भएपनि बिराटनगर बाहिर पनि प्रतियोगिता गर्ने स्थानहरु छन् भन्ने सन्देश दिन बार्षिक कार्यक्रम अनुसार लक्ष्मीमार्गमा नै प्रतियोगिता आयोजना गरिएको आयोजकले दाबी गरेको छ ।

बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत बहादुर कार्कीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनमा ५ हजार विद्यार्थी उपस्थित हुने र  प्रतियोगितामा २ हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । प्रत्येक खेलमा उत्कृष्ट हुने विद्यार्थीलाई  ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।

एन प्याब्सन स्पोर्ट्स मिट नाम दिइएको प्रतियोगितामा जिल्ला खेलकुद बिकास समिति र स्थानीय संघ संस्थाको सहयोग रहनेछ ।

कोरा शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागी हुन सकुन् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको एन प्याब्सन मोरङका सदस्य तथा खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक दिपेन्द्र खुलालले बताए ।