२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैंचा एक्सपोमा प्रायोजकको खडेरी, आयोजक नै बन्ने भए प्रायोजक

Author Uttari Morang
बिहिबार, फाल्गुण ०२, २०७५
सुन्दरहरैंचा एक्सपोमा प्रायोजकको खडेरी, आयोजक नै बन्ने भए प्रायोजक

उत्तम पोख्रेल, गछिया मोरङ/ कृृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरहरैंचाको गछियमा लाग्ने एक्स्पोमा प्रयोजक नभेटिएपछि आयोजक नै मुख्य प्रयोजक र प्रयोजक बन्ने भएको छ ।

सुन्दरदुलारी उद्योगवाणिज्य सघले लगाउने तेस्रो सुन्दरहरैचा एक्सपो नाम दिइएको एक्सपोमा मुख्य प्रयोजक नभेटिएपछि आयोजकका प्रमुख सल्लाहकार समेत रहेका ब्यावशायी भोलेश्वर दुलाल मुख्य प्रयोजक बनेका छन । पुर्वाञ्चल ल्युव आयल लुव्रिकेन्टसका सचालक समेत रहेका दुलाल आफै मुख्य प्रयोजक बनेका हुन्  ।
एक्सपो संचालक समितिका संयोजक तथा सुन्दरदुलारी उद्योग वाणिज्य सघका अध्यक्ष किसोर कार्की प्रयोजक बनेका छन् । पाथिभरा कक्रिट उद्योगका संचालक समेत रहेका कार्की कोहि नभेटिएपछि प्रयोजक आफै वसेका हुन्  । फागुन ४ गतेदेखि १२ गतेसम्म संचालन हुने एक्स्पोको मुख्य प्रयोजक तथा प्रयोजक नभेटिएपछि सफल बनाउन उनिहरु आफै खर्च गर्न तयार भएका  हुन् ।

रक्सीका डिलरहरुले मुख्य प्रयोजक तथा प्रयोजक बस्न चासो देखाएका थिए तर उद्योगा वाणिज्य सघले लगाउने एक्सपोमा रक्सीको नराख्ने भनेर आफै वसेको कार्कीले स्वीकार गरेका छन्  ।
एउटै उदेश्यका लागि पटक पटक एक्स्पो गरीएकाले लगानी गर्ने भेट्न छाडिएको स्थानियको बुझाई रहेको छ । एउटै उदेश्य वोकेका दुई वटा संस्थाले उदेश्यका एउटै भएपछि उद्योग वाणिज्य सघले लगाउने एक्सपोमा ब्यापारी समेत विभाजित भएका छन् । सुन्दरहरैचाका विभिन्न ठाँउमा निर्माणधिन सार्वजनिक शैचालय निर्माणको नाम देखाउदै ब्यापारीहरुको हक हितका लागि लागि पर्ने संस्थाले फरक उदेश्यका लागि एक्स्पो लगाउने भएका छन् ।
यसअघि नै कोशीहरैचा उद्योग वाणिज्य सघले सार्वजनिक शैचालय निर्माणका लागि भनेर एक्सपो लगाई सकेको छ । पछिल्ला समय उद्योग वाणिज्य संघहरु एक्स्पो मेला महोत्सवमा लागेको भन्दै विरोध समेत सुरु हुन थालेको छ ।   त्यसो त सूचना संप्रेषण लगायत प्रचारप्रसारमा स्थानीय सञ्चारमाध्यमलाई बेवास्ता गरिएको भन्दै स्थानिय सञ्चारकर्मीहरु पनि असन्तुष्ट बनेेका छन् ।