२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

अलैंचीको बिरुवामा कमिसन खाने तेह्रथुमका कृषि प्राबिधिक सहित तीन विरुद्ध मुद्दा

Author Uttari Morang
शनिबार, फाल्गुण ०४, २०७५
अलैंचीको बिरुवामा कमिसन खाने तेह्रथुमका कृषि प्राबिधिक सहित तीन विरुद्ध मुद्दा

तुलसी राम धमला तेह्रथुम / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि बिकास कार्यालय तेह्रथुमका प्राबिधिक सहायक हरि गोपाल आचार्य सहित तीन जना बिरुद विशेष अदालतमा मुद्दा दायर गरेको छ।

किसानलाई अलैंचीको बिरुवा खरिद गरि कृषकलाइ बितरण गर्दा कमिसन दिने किसानलाइ मात्रै बिरुवा दिएको भन्ने नागरिकको गुनासोको आधार आयोगले १० लाख ८६ हजार ७२५ रुपैया बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
आयोगले लेखापाल डिल्ली प्रसाद आचार्य १०लाख ८६ हजार ७२५ र नायक सुब्बा दुर्गा प्रसाद पौडेल ५ लाख ४६ हजार २५० बराबर भ्रष्टाचार गरेको अभियोग लागेको छ।
पुर्बी जिल्ला इलामबाट बिरुवा ल्याउदा र बिरुवा सम्बन्धी क्षेत्रमा पुर्याउदा ढुवानीमा गाडी भाडा समेत घोटाला गरेको दाबी सहित मुद्दा गरिएको आयोगका प्रबता रामेस्वार दङ्गालले जानकारी दिनु भएको छ।