२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

मृगाैला पीडित सरस्वती गुरुङको उपचार खर्चका लागि अभियानमा जुटे बेलबारीबासी

Author Uttari Morang
आइतबार, फाल्गुण ०५, २०७५
मृगाैला पीडित सरस्वती गुरुङको उपचार खर्चका लागि अभियानमा जुटे बेलबारीबासी

केशु विरही, बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर उपचार गराईरहेकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारका लागि खर्च जुटाउन स्थानीयहरु सक्रिय  भएका छन् ।

बेलबारी नगरपालिका वाड ४ मा स्थायी घर भएकी सरस्वती गुरुङ विगत १३ महिनादेखि दुवै मृगाैलाले काम नगरेर थला परिरहेकाे थाहा पाएपछि स्थानीयहरु उनकाे उपचारमा सक्रिय भएका हुन् ।

३१ वर्षीय गुरुङकाे पारिवारिकाे आर्थिक अवस्था कमजाेर भएकाेले परिवारकाे एक्लाे प्रयासले उपचार गर्न सफल नभए पछि गाउँलेहरु उनकाे उपचारमा खर्च जुटाउने अभियानमा छन्  ।

सहयोग जुटाउन  स्थानीय मनकुमार गुरुङकाे संयाेजकत्वमा सरस्वती गुरुङ वचाउ अभियान नै संचालन गरिएकाे छ ।अभियान संचालन भएयता उनलाई सहयाेग गर्नेकाे संख्या वढिरहेकाे छ ।

केही दिन अघि मात्र सरस्वतीकाे उपचारका लागि नाेवेल मेडिकल शिक्षण अस्पतालका संचालक डा. सुनिल शर्माले रु १ लाख सहयाेग गरेपछि अभियानमा लागेकालाई थप हाैसला मिलेकाे छ ।

सरस्वती गुरुङ वचाऔं अभियान संयाेजक मनकुमार गुरुङले दिएकाे जानकारी अनुसार अहिले सम्ममा उनकाे उपचारका लागि रु ४ लाख भन्दा वढी रकम उठिसकेकाे छ भने उठ्ने क्रम जारी छ ।

एक सन्तानकी आमा समेत रहेकी सरस्वतीका श्रीमान मनबहादुर गुरुङले ड्राईभिङ पेसा गरेर घर खर्च धानी रहेका छन्  ।

डाक्टरहरुको सल्लाह अनुसार दुवै मृगैाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।  उनकाे उपचारमा ३० लाख लाग्ने अनुमान गरिएकाे छ ।

केहिदिन अघि समितिले बेलबारी १ स्थित तमु बुद्धिष्ट गुम्बामा पत्रकार सम्मेलनको आयोजना गरेर सरस्वाती बचाउ अभियानमा सहयाेग गर्न आग्रह गरेकाे थियाे ।

पत्रकार सम्मेनलकी दिन सरस्वतीको उपचारका लागि बेलबारी १ निवासी मोहन गुरुङको नेतृत्वमा रु.७५ हजार ३ सय र कोशी नेपाल मिडियाको तर्फबाट अर्जुन कुलुङ राईले रु.१० हजार उपचारर्थ हसयोग रकम हस्तान्तरण गरेका थिए  ।