२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारी प्रहरीद्वारा एक हजार दुई सय लिटर मदिरा नष्ट, ३ वटा मोटरसाइकल पनि बरामद

Author Uttari Morang
मंगलबार, फाल्गुण ०७, २०७५
बेलबारी प्रहरीद्वारा एक हजार दुई सय लिटर मदिरा नष्ट, ३ वटा मोटरसाइकल पनि बरामद

बेलबारी, माेरङ । ईलाका प्रहरी कार्यलय बेलबारी मोरङले विभिन्न समयमा गरेर १ हजार १ सय ९५ लिटर घरलु मदिरा नस्ट गरेको छ भने यसक्रममा ३ वटा बाईक समेत वरामद गरेको छ ।

अवैध रुपमा घरेलु रक्सी ओसार पसार गर्न प्रयोग गरेको बेलबारी वडा  नं. ११ लक्ष्मीमार्ग सडक खण्डदेखि  विराटनगर जाने क्रममा को.७ प. ८९४५, को.४ प. ८४८५ र  को.४.प. ५३०० नं. का ३ वटा बाईक प्रक्राउ गरेको ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएकाे छ ।

सो सडकखण्डको प्रयोग गरेर विराटनगर हुदै भारत नेपाल सिमाना नाकामा अवैध रुपमा मदिरा लैजाने गरेकोले यस्ताअवैध धन्दालाई रोक्न ईलाका प्रहरी कार्यलय बेलबारीले कडा रुपमा निर्गानी बडाउदै निरन्तर सवारी चेकजाज गरी रहेको ईलाका प्रहरी कार्यलय बेलबारी प्रमुख राईले बताए ।