सहिद परिवार सम्मान र १०१ जनाको रक्तदान सहित नेकपा बेलबारीले मनायो प्रजातन्त्र दिवस
Uttari Morang
प्रजातन्त्र दिबसको अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर पार्टी संयन्त्र बेलबारीले आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेख्य मानिसहरूले रक्तदान गरेका छन् ।
मंगलबार बिहान बेलबारी ९ डाँगा बजारमा भएको रत्तदानमा १०१ पाउण्ड रगत संकलन भएको नेकपा पार्टी संयन्त्र बेलबारीका संयोजक ईरान राइले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण मानिसहरुको बाक्लो उपस्थिति थियो ।
रक्तदान कार्यक्रममा प्रदेश नं १ सह इन्चार्ज सावित्री काफ्ले, केन्द्रिय सदस्यहरु बिनोद ढकाल, गोपी अच्छामी, बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी लगायतको आतिथ्यता थियो ।
त्यसैगरी प्रजातन्त्र दिवसकै अबसरमा जनयुद्ध र जनआन्दोलनमा सहिद भएका बेलबारीका १५ जना सहीदका परिवारहरुलाइ सम्मान गरिएको छ ।
बेलबारी नगरपालिका १ स्थित मदन मोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा प्रदेश नं १ सह इन्चार्ज सावित्री काफ्ले, केन्द्रिय सदस्यहरु बिनोद ढकाल, गोपी अच्छामी, प्रदेश कमिटी सदस्यहरु सामना, डिपी राई बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी लगायतले खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।




