२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

पत्रकार महासंघको साधारणसभामा धनकुटा सहित पुर्वका चार शाखाहरु सम्मानित

Author Uttari Morang
शनिबार, फाल्गुण ११, २०७५
पत्रकार महासंघको साधारणसभामा धनकुटा सहित पुर्वका चार शाखाहरु सम्मानित

पत्रकार महासंघ केन्द्रिय समितिले मुलुकभरीका शाखाहरु मध्ये उत्कृष्ठ र महत्वपूर्ण भूमिका निर्वाह गर्ने शाखा मध्ये धनकुटा सहित १ नम्वर प्रदेशका चार वटा शाखालाई सम्मान गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा क्रियाशिल रहेको भन्र्दै नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समिति र १ नम्वर प्रदेशका धनकुटा शाखा सहित चार वटा शाखालाई नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभा तथा विधान अधिवेशनमा सम्मानित  गरेको हो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायत सम्मानित शाखाका अध्यक्षहरुलाई प्रतिनिधि सभाका सभामुख कृष्ण वहादुर महरा,गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्र्वी सुब्बा गुरुङ्ग, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल वास्कोटा,पर्यटन मन्त्री रविन्द्र अधिकारी,केन्द्रिय अध्यक्ष गोविन्द्र आर्चाय लगायतले टिका अविर लगाई दिई सम्मान पत्र प्रदान गरेका थिए  ।
सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्षहरु विजय सन्तोषी राई, मोहन वान्तवा,धनकुटा शाखाका पूर्व कार्यसमिति सदस्य तथा हाल केन्द्रिय सदस्य गोपाल वराइली,धनकुटा शाखाका पूर्व सहसचिव तथा १ नम्वर प्रदेश उपाध्यक्ष स्मिता निरौला, केन्द्रिय प्रतिनिधि रमशेचन्द्र अधिकारी, सन्तवीर लामा लगायत धनकुटा शाखाका प्रतिनिधिहरुको सहभागीता थियो ।
नेपाल पत्रकार महासंघका सम्मानित हुने १ नम्वर प्रदेश र धनकुटा, सुनसरी, मोरङ्ग र झापा शाखा रहेका छन् । – विजय राई, पोखराबाट

,