२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

भाउन्नेमा चाैलागाई प्रतिष्ठानकाे ज्ञानमहायज्ञ सप्ताह पुराण शुरु

Author Uttari Morang
मंगलबार, फाल्गुण १४, २०७५
भाउन्नेमा चाैलागाई प्रतिष्ठानकाे ज्ञानमहायज्ञ सप्ताह पुराण शुरु
केशु विरही, बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठानकाे आयाेजनामा मोरङ बेलबारीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज पुराण सुरु भएकाे छ ।
बेलबारी नगरपालिका वार्ड नं ११ भाउन्ने स्थित  चाैलागाई प्रतिष्ठनमा सुरु भएकाे सप्ताह महायज्ञ पुराणकाे संघीय सरकारका कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले एक कार्यक्रमवित उद्घाटन गरेका थिए ।
सप्ताह पुराणकाे उद्घाटन गर्दै प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले पर्यटनकाे संभावना हुँदा हुँदै पनि सिमित वजेटका कारण धेरै काम गर्न नसकेकाे वताए । साथै प्रमुख अतिथि ढकालले धर्मले मानिसलाई अनुसाशनमा बाँध्ने विचार पनि व्यक्त गरेका थिए ।
 बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले सबै धर्मलाई उत्तिकै महत्व दिने वताईन ।
  प्रचार प्रसार समितिका संयाेजक उत्तम चाैलागाईले कार्यक्रमकाे अाैचित्यमाथि प्रष्ट पार्दै पितृहरुकाे उद्वार तथा धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले आफूहरुले याे सप्ताह ज्ञानमहायज्ञ लगाएकाे वताए ।
साे पुराणकाे उद्घाटन समाराेहमा प्रदेस सांसदद्वय राजकुमार ओझा र सुयर्माराज राई, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, पूर्व राज्य मन्त्री गाेपी अछामी, चाैलागाई प्रतिष्ठान पूराण आयाेहक समितिका संयाेजक छविलाल चाैलागाई, प्रतिष्ठानका प्रदेस नं १ का संयाेजक अग्निप्रसाद चाैलागाई लगायत जनप्रतिनिधिहरु, राजनैतिक पार्टी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
२०५१ मा स्थापना भएकाे चाैलागाई प्रतिष्ठानकाे बेलबारी नगरपालिका ११ मा भाउन्ने र लक्ष्मी मार्गकाे विचमा पूर्व पश्चिम लाेकमार्गसंगै जाेडिएकाे क्षेत्रमा धार्मिक वन रहेकाे छ ।
फागुन १४ देखि  २१ सम्म सात दिन चल्ने उक्त श्रीमद्भावगत पुराणमा मुख्य वाचक बालव्यास पं  जयराम भट्टराईकाे रहकाे छ । उद्घाटन पूर्व लक्ष्मीमार्गदेखि प्रतिष्ठानसम्म कलशयात्रा निकालिएकाे थियाे ।