२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम सन्जेलको सरुवा रोक्न सर्बोच्चको आदेश

Author Uttari Morang
आइतबार, फाल्गुण १९, २०७५
श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम सन्जेलको सरुवा रोक्न सर्बोच्चको आदेश

 सर्वोच्च अदाालतले श्रम कार्यालय बिराटनगरका प्रमुख तथा उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा कार्यान्वयन नगर्न नेपाल सरकारलाई आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सञ्जेलको सरुवा कानुनसम्मत नदेखिएको भन्दै उनको सरुवा कार्यान्वयन नगर्न आदेश दिएको हो।

सरकारले निजामती कर्मचारी ऐन विपरीत आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको एबम तलबसमेत रोक्का गरी आफूमाथि अन्याय गरेको भन्दै सन्जेेलले  सर्वोच्च अदालतमा मुुुद्दा हालेका थिए।

कुनै पनि कार्यालयमा दुई वर्ष काम गर्न दिनुपर्नेमा निजामती ऐन विपरीत आफ्नो सरुवा भएको दाबी गरेका सञ्जलेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मनोमानीपुर्वक आफूलाई ऐन विपरित ७० दिनमै सरुवा गरेको भन्दै मुद्दा दायर गरेका थिए।

आफूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गैर कानुनी ढंगले सरुवा गरेर दुःख दिएको उपसचिव सञ्जेलको दाबी रहदै आएको छ । सञ्जेललाई पुस ५ गते व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान इटहरीमा सरुवा गरिएको थियो।

सन्जेलले सरुवा गैरकानुनी भएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी गराएका थिए । तर सुनुवाई नभएपछि उनले अदालतलाई  गुहारेका थिए ।आफू भ्रष्टाचारविरोधी भएकै कारण माफियाको चलखेलबाट आफुमाथि अन्याय गरिएको सञ्जेलले दाबी गर्दै आएका छन् ।