खबर
महिला दिवसको अबसरमा पथरीमा चित्रकला प्रतियोगिता हुँदै
Uttari Morang
सोमबार, फाल्गुण २०, २०७५
मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत अन्तरराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा चित्रकला प्रतियोगिता सहितको कार्यक्रम गर्ने भएको छ ।
मार्च ८ का दिन आगामी शुक्रवार नगरका माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच महिला हिंसा र महिला सशक्तिकरण शिर्षकमा चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाइन् ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा बसेको महिला जनप्रतिनिधिहरुको बैठकले सो दिन चित्रकला प्रतियोगिताका साथै कार्यपत्र प्रस्तुति सहित अन्तरक्रिया कार्यक्रम राखिने निर्णय गरेको हो ।




