गाउँ/समाज
जागीर खाने हो ? भर्ना खुल्यो है नेपाली सेनामा
Uttari Morang
सोमबार, फाल्गुण २०, २०७५
सैनिक दिवस अर्थात शिवरात्रीकै दिन पारेर नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ ।
सेनाले भर्ना खुुुला गरेका पदहरुमा प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड जमदार छन् । ती पदहरुमा डेढ सयको संख्यामा सैनिक आवश्यक परेको बिज्ञापनमा उल्लेख गरिएको छ ।
योग्यता भएका र इच्छुक नेपाली नागरिकले एक महिना अर्थात आगामी चैत १९ गतेसम्म आवदेन दिन सक्ने नेपाली सेनाको मुख्यालयले जनाएको छ ।




