२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

लेटाङमा ज्योति मगरको तमासा, हेर्नेहरुको धुइरो (भिडियो सहित)

Author Uttari Morang
बुधबार, फाल्गुण २२, २०७५
लेटाङमा ज्योति मगरको तमासा, हेर्नेहरुको धुइरो (भिडियो सहित)
 उत्ताउली गायिका जोति मगरले मंगलबार साझ लेटाङको माहोललाई गरम बनाएकी छिन्  ।

लेटाङ महोत्सबको पाचौ दिनको प्रस्तुति जोतिको रहेको थियो । उनको प्रस्तुती हेर्नका लागि प्रदेश नं १ भरी बाट मात्र नभई देश भरी बाट दर्शक लेटाङ महोत्सबको प्राङ्गणमा पुगेका थिए ।

महोत्सबमा जोतिका उफ्राईमा दर्शकहरुले संगै साथ दिएका थिए । हजारौ दर्शकका बिचमा जोतिले मनोरञ्जन दिएकी थिईन । ज्योतिको गायन तथा नृत्य हेर्न युवा मात्र नभएर बयस्कहरुको समेत उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

लेटाङ महोत्सब (एक्सपो) फाल्गुन १७ देखि सुरु भएको हो भने यो महोत्सब अझै ५ दिन सम्म चल्ने छ । महोत्सबलाई गायक ,गायिका, बरिस्ठ हास्य कलाकारले मनोरन्जन दिईरहेका छ्न भने रास्ट्रीय तथा अन्तरास्ट्रिय उत्पादनका बस्तुहरुले महोत्सबलाई भरिभराउ बनाएको छ ।