२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

फागुन १७ देखि हराएकी रमिलाको हत्या भएको पुष्ठी, गुरुङद्वारा कोशीमा फालेको बयान

Author Uttari Morang
आइतबार, फाल्गुण २६, २०७५
फागुन १७ देखि हराएकी रमिलाको हत्या भएको पुष्ठी, गुरुङद्वारा कोशीमा फालेको बयान

फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी मोरङको बेलबारी ४ की एक महिलाको हत्या गरी कोशीमा फालिएको खुलेको छ ।

स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका लागि गत शुक्रबार नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी टोलीले ईलामबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनले  महिलाको हत्या गरी कोशीमा फालिएको स्वीकार गरेका छन्  । उनको बयानका आधारमा कोशीमा २ दिनदेखि प्रहरीले शव खोजेपनि फेला पार्न सकेको छैन ।
फागुन १७ गतेबाट हराईरहेकी महिला नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा शुक्रबार गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

गुरुङ समेत बेलबारी छोडेर सम्पर्कबिहिन भएपछि प्रहरी उनको पछि लागेको थियो । प्रहरीले शुक्रबार नै गुरुङले प्रयोग गर्दै आएको बा.१५ प ७९१६ नम्बरको कार घरबाटै नियन्त्रणमा लिएको थियो ।
महिला हराएको रात उनीहरुसँगै रहेको र भोलिपल्टसम्म महिला घर र्किएपछि परिवारले खोजीका लागि प्रहरी गुहारेका थिए । महिला हराएपछि गुरुङले ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईलाई फोन गरी तनाव भयो, गर्लफ्रेण्ड हराई भन्दै फोन गरेको र अनुसन्धानको सुई उनीतिरै सोझिएपछि केही वकिलको सल्लाहमा उनी भागेको उनले बयान दिएको प्रहरीले बताएको छ ।

बेलबारी ४ बुधबारे निबासी ति महिला पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माईतीघरमा बस्दै आएकी थिईन् । गुरुङका भने श्रीमती र छोराहरु काठमाण्डौमा बस्दै आएका छन् । गुरुङ नेकपा एमालेका पुर्ब बेलबारी अध्यक्ष,नोबेल अस्पताल बेलबारीका अध्यक्ष तथा लोहिन्द्रा साझेदारी बनका समेत अध्यक्ष हुन, बेेेतनामा खबर छ ।

यो पनि पढ्नोस –

फागुन १७ देखि कहाँ बेपत्ता भइन् बेलबारीकी यी महिला ? अनि किन पक्राउ परे योगेन्द्र ?