२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

लक्ष्मीमार्गमा तीन महिने कम्प्युटर तालिम सम्पन्न

Author Uttari Morang
आइतबार, चैत्र ०३, २०७५
लक्ष्मीमार्गमा तीन महिने कम्प्युटर तालिम सम्पन्न

बेलवारी ११ लक्ष्मीमार्गमा तीन महिने निःशुल्क कम्प्युटर तालिम  सम्पन्न भएको छ ।
बेलवारीको ११ नम्वर वडा कार्यलयको आर्थिक सहयोग र लक्ष्मीमार्गस्थिर  एड्भान्स कम्प्युटर इन्स्टिच्युटको प्राबिधिक सहयोगमा तालिम सञ्चालन भएको थियो ।

उक्त तालिममा ३५ जना स्थानीय युवाहरु सहभागी रहेका थिए । उक्त इन्स्टिच्युटको हलमा भएको समापन कार्यक्रममा बेलवारी ११ का वडा अध्यक्ष याम बहादुर पोख्रेल (राजन) ले तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तालिम सञ्चालनले युवा विद्यार्थीहरुलाई कम्प्युटर प्राविधिक बन्न बद्दत पुगेको र आगामि दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने इन्स्टिच्युटका संचालक नव चौधरीले बताउनुभयो ।