२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा भीषण आगलागी, ६ घर जलेर नष्ट, पुरै बस्ती उच्च जोखिममा

Author Uttari Morang
आइतबार, चैत्र ०३, २०७५
धनकुटामा भीषण आगलागी, ६ घर जलेर नष्ट, पुरै बस्ती उच्च जोखिममा

इश्वरी घिमिरे / जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि धनकुटाको एउटा गााउँमा नै भीषण आगलागी भएको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ तेलियास्थित भञ्ज्याङ् डाँडा सामुदायिक वनबाट आइतबार बिहान सुरु भएको आगो बस्तीमा प्रवेश गरेपछि स्थानीय गाउँका ६ ओटा घर तथा गोठ पुर्णरुपमा जलेर नष्ट भएका छन् ।

आगलागीबाट स्थानीय कर्कले टोलका भरत गिरी, तिलबहादुर भुजेल, यज्ञप्रसाद घिमिरे, ज्ञानबहादुर अधिकारी, इच्छामाया तामाङ र पुर्णबहादुर तामाङका घर तथा गोठहरु जलेर नष्ट भएका हुन् । आगलागीमा परी घरमा रहेका सम्पुर्ण सरसामान,लत्ताकपडा, खाद्यान्न लगायत चौपायाहरुसमेत जलेर नष्ट भएको स्थानीय बासिन्दा उत्तम पराजुलीले बताए।

आगलागी नियन्त्रण गर्न स्थानीय बासिन्दाहरुले बिहानैदेखि प्रयास गरिरहेको भएपनि आगो नियन्त्रणबाहिर गएकाले अहिले पुरै गाउँ नै उच्च जोखिममा रहेको र आफुहरु अत्यन्तै त्रसित अवस्थामा रहेको अर्का स्थानीय प्रदिप ओझाले जानकारी दिए।

आगो अहिले गाउँको कर्कले टोल हुँदै फडिरे, फुर्केसल्ला,मार्से लगायत बस्तीहरुतर्फ फैलिरहेको र सो क्षेत्रमा बिजुली र खानेपानीको लाइनसमेत अवरुद्द भएको उनले बताए । स्थानीय बासिन्दाका अनुसार आइतबार बेलुकासम्म आगो नियन्त्रणमा आएको छैन ।