२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारी नगरपालिकाद्वारा सडक क्षेत्रमा राखिएका सामान जफत, सक्रिय बन्दै नगरप्रहरी

Author Uttari Morang
सोमबार, चैत्र ०४, २०७५
बेलबारी नगरपालिकाद्वारा सडक क्षेत्रमा राखिएका सामान जफत, सक्रिय बन्दै नगरप्रहरी

बेलबारी , मोरङ / सडक क्षेत्र अतिक्रमण गरी राखिएका सामग्रीहरु बेलबारी नगरपालिकाले उठाउन थालेको छ ।

पटक पटक सडक अतिक्रमण हटाउन सुचना नै जारी गरे पनि ब्यबसायीहरुले अटेर गरेपछि सामग्री उठाउन थालिएको नगरपालिकाको कार्यालयले जनाएको छ । साप्ताहिक रुपमा लाग्ने सोमवारे हटियाबाट  नगर प्रहरीले सिरक, ड्सना, कमल, सिरानी, लगाउतका सामाग्रीहरु जफत गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले वताए ।

सडक नै जाम गरेर राखेको र पटक पटक हटाउन निर्देशन गरेपनि अटेर गरेका कारण सामग्री उठाइएको उनले बताए । उनीहरुलाई नगरपालिकाको नियम अनुसार पहिलो पटक जरीवाना लिएर छाड्ने उनले बताए ।

सडक अतिक्रमण गरेर राखेका सामाग्री जफत गर्ने सम्मको अधिकार नगरपालिकालाई भएको बतााउँदै प्रमुख प्रशासकीय अधिकृत दाहालले भने – ‘अटेर गरे कानुन बमोजिम कार्वाहि गर्छौ ।’