२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

श्रमिक महिला समूहको पाँच दिने उद्घाेषण तालिम सम्पन्न, ३२ गृहिणीले लिए तालिम

Author Uttari Morang
मंगलबार, चैत्र ०५, २०७५
श्रमिक महिला समूहको पाँच दिने उद्घाेषण तालिम सम्पन्न, ३२ गृहिणीले लिए तालिम

केशु विरही, बेलबारी, माेरङ/महिलाहरुकाे क्षमतावृद्धि गर्ने उद्देश्यले बेलबारीमा आयोजित पाँचदिने उद्घाेषण तालिम  सम्पन्न भएको छ ।

श्रमिक महिला समूह बेलबारी १ काे आयाेजना र बेलबारी नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे सो उद्घाेषण तालिममा नगरभरिका ३२ जना गृहिणी महिलाहरु सहभागी थिए । पाँचदिनसम्म चलेकाे तालिममा सप्तकाेसी एफ एम ईटहरीकी सीमा बस्नेतले प्रशिक्षण दिएकी थिईन् ।

सुरुमा अगाडि आएर आफ्नाे नाम भन्न समेत डराउने महिलाहरु पाँच दिनकाे तालिम लिएपछि भने आफ्ना कुरा खुलेर राख्न सक्ने भएका अध्यक्ष नितु थापा वताउँछिन ।

चैत्र १ गतेदेखि जारी पाँचदिने उद्घाेषण तालिमलाई बेलबारी नगरपालिका वार्ड नं १ का अध्यक्ष चक्रबहादुर खालालले उद्याेग वाणिज्य संघ बेलबारीकाे तालिमहलमा मङ्गलबार एक कार्यक्रमविच समापन गरे  ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष खुलालले तालिमले गृहिणी महिलाहरुकाे क्षमतामा सुधार आएकाे देख्दा आफू निकै खुसी भएकाे बताए ।  वडाध्यक्ष खुलालले अगामी दिनमा पनि यस्तै महिला लक्षित कार्यक्रम ल्याउने वचन समेत दिए ।

समापन कार्यक्रममा तालिममा सहभागीमध्येबाट कमलादेवि ढकाल, मीना कार्की, दुर्गा राई लगायतले आ-आफ्ना अनुभव अरुसामु बाँडेका थिए । अनुभव सुनाउदै उनीहरुले तालिम प्रभावकारी भए पनि तालिमकाे अवधि अलि छाेटाे भएकाे वताएका छन्  ।

तालिमका सहभागी महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिका वार्ड नं १ का अध्यक्ष चक्रबहादुर खुलालले प्रमाणपत्र वितरण गरेका थिए ।

श्रमिक महिला समूहले स्थापनाकाे छाेटाे समयमै महिलाहरुकाे हकहितका लागि मात्र नभएर समाजसेवाका विभिन्न काम समेत गर्दै आएको छ ।