२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

लोहोन्द्रा खोलाको नाममा निजी जमीन उत्खनन् गरिएको भन्दै नगरपालिकामा ज्ञापन

Author Uttari Morang
सोमबार, चैत्र ११, २०७५
लोहोन्द्रा खोलाको नाममा निजी जमीन उत्खनन् गरिएको भन्दै नगरपालिकामा ज्ञापन

मोरङको बेलबारी १ का स्थानीय बासिन्दाले लोहन्द्रा खोलामा स्थायी तटबन्ध  गर्न र उत्खनन बन्द गर्न माग गरेका छन् ।
स्थानीय बिशाल थापाको नेतृत्वमा  स्थानीय बासिन्दाले सोमबार बेलबारी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदी मार्फत नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बेलबारी बजारको पश्चिमतर्फको लोहन्द्रा खोलाले दर्जनौ स्थानीयको नम्बरी जग्गा बगाएर बगर बनाएको भएपनि धनिपुर्जा अनुसार नगरपालिकालाई कर बुझाइरहेको  तर  नगरपालिकाले खोला नियन्त्रणका लागि प्रयास नगरेको स्थानीयको गुनासो छ ।

हरेक बर्ष बाढीबाट हुने क्षतिको न्युनिकरणका लागी प्रयास नभएको उल्टै ७ महिना अघिदेखि खोला ठेक्का लागेको बाहना बनाएर जेसिबी लगायतका मेसिन प्रयोग गरी टिफर बाट ढुंगा,गिटी,बालुवा र माटोको उत्खनन गरी नम्बरी जग्गालाई समेत धराशायी बनाएको र सिंगो गाँउ नै जोखिममा पारेको भन्दै सो कार्य तत्काल रोक्न स्थानीयको माग छ ।
नगरपालिकाले खोलामा दिर्घकालीन तटबन्धनको काम शुरु नगरे खोला उत्खननमा प्रयोग भएका कुनै सवारी साधनलाई प्रबेश नदिने र मागको सम्बोधन नगरेमा जस्तोसुकै कदम चाल्न बाध्य हुने  र त्यसको जिम्मेवार नगरपालिका हुनुपर्ने स्थानीय अगुवा बिशाल थापाले बताए । नगरपालिकाले खोला दोहन नरोके सो क्षेत्रमा स्थानीय आफैंले उत्खनन रोक्ने उनीहरूले चेतावनी दिएका छन्  । निबेदनमा थापा सहित २५ जना स्थानीयले हस्ताक्षर गरेका छन् ।

मागको बिषयमा बेलबारी नगरपालिकाले छलफल गरी निर्णय लिने वडा नम्बर ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले  बताए ।