२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

हराएको २६ दिनपछि भेटियो रमिलाको शव, बोरामा बाँधेर सप्तकोसीमा फालिएको पुष्ठी

Author Uttari Morang
बुधबार, चैत्र १३, २०७५
हराएको २६ दिनपछि भेटियो रमिलाको शव, बोरामा बाँधेर सप्तकोसीमा फालिएको पुष्ठी

गत फागुन १७ गते हत्या गरिएकी बेलबारीकी रमिला राईको शव २६ दिनपछि कोसी नदीमा फेला परेको छ ।

सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेजबाट फेला परेको हो । राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोजे पनि फेला परेको थिएन । बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा राईको शव सप्तकोसी नदीबाट निकालिएको थियो । नदिमा बोरामा शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय प्रहरीको अनुरोधमा कोशी ब्यारेजका केही  युवाले  करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदिबाट शव बाहिर निकालेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी र रमिलाका आफन्त समेतको टोली सप्तकोसी पुगेका थिए  । आफन्तले पनि शव रमिलाकै भएको भनी स्वीकार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले जानकारी दिए ।

नेकपाका नेता समेत रहेका योगेन्द्र गुरुङले हत्या गरेर कोसी नदीमा शव फालेको प्रहरीलाई वयान दिएदेखि नै प्रहरीले शव खोजी कार्य जारी राखेको थियो । पक्राउ परेका गुरुङले हत्या गरेर सप्तकोसीमा शव फालेको बताएका थिए । सो शवलाइ पोष्टमाटमका लागि घोपा क्याम्प लगिएको प्रहरीले जनाएको छ ।